Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजेइको जेसिक्सको विशेष प्रोडक्ट सार्वजनिक

जेइको जेसिक्सको विशेष प्रोडक्ट सार्वजनिक


काठमाडौं । एसपीजी अटोमोबाइल्सले हालै एक अनलाइन लाइभ प्रसारण गरी जेइको जेसिक्सको विशेष प्रोडक्ट ब्रिफिङ गरेको छ । ओमोडा एन्ड जेइको नेपालका कन्ट्री डिरेक्टर सोङ ह्वाइफुद्वारा सञ्चालित कार्यक्रम चीनमा आयोजना गरिएको थियो ।

नेपाली बजारमा इलेक्ट्रिक एसयुभी ओमोडा इफाइभले सफलता पाएपछि एसपीजी अटोमोबाइल्सले नेपालको पहिलो इलेक्ट्रिक अफ–रोडर एसयुभी नाडा अटो सो २०२४ को अवसरमा सार्वजनिक गरेको थियो । ईभी तथा गाडी पारखीमाझ यस एसयुभीले छोटो समयभित्रै उत्कृष्ट लोकप्रियता हासिल गरेको कम्पनीले जनाएको छ । हालसालै धुलिखेलस्थित डर्ट–टेम्पल अफ–रोड ट्र्याकमा सम्पन्न भएको ड्राइभिङ च्यालेन्जमा पनि जेइको जेसिक्सले आफूलाई एक उत्कृष्ट अफ–रोडर इलेक्ट्रिक एसयुभीको रूपमा स्थापित र प्रमाणित गरेको छ । यसको २०० मिलिमिटरको पर्याप्त ग्राउन्ड क्लियरेन्सले अफ–रोडमा उत्कृष्ट प्रदर्शन गर्छ ।

कम्पनीका अनुसार जेइको जेसिक्सले उत्कृष्ट रगेड डिजाइन तथा व्यवहार–उपयोगी विशेषताहरू प्रदान गर्छ । जेसिक्सको टेलगेटमा स्टोरेज ब्याग रहेको छ, जुन अन्य एसयुभीहरूमा प्रायः पाइँदैन । जेसिक्सको शक्तिशाली इलेक्ट्रिक इन्जिनले मात्र छ सेकेन्डमा शून्यदेखि एक सय किलोमिटर प्रतिघण्टाको एक्सेलेरेसन दिन्छ । जे सिक्समा रहेको २७१६ मिलिमिटरको ह्विलबेसले कठिन भू–भागहरूमा टाइट टर्निङका लागि उपयुक्त हुने टर्निङ रेडियस प्रदान गर्ने कम्पनीले जनाएको छ । एक्स्ट्रिम यु–टर्न गर्ने बेलामा गाडीको ‘अल–टरेन मोड’ एक्टिभेट हुन्छ, जसद्वारा टर्निङ रेडियस पाँच दशमलव सात मिटरबाट चार दशमलव पाँच मिटरमा घट्छ । स्लोप, लो–ट्«याकसन तथा डाउनहिलमा ड्राइभ गर्दा गाडीले टार्गेटअनुसार अटोमेटिक गति एडजस्ट गरी अधिकतम कन्ट्रोल कायम गर्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x