इक्यान मेलामा पाँच हजारभन्दा बढी सहभागी
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आयोजना गरेको १५औँ इक्यान शैक्षिक मेलामा पाँच हजार बढीले अवलोकन गरेका छन् । नयाँबानेश्वरस्थित एभरेस्ट होटलमा सञ्चालित सो मेला उच्च शिक्षाका लागि विदेशी भूमिमा जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी आयोजना गरिएको थियो ।
मेलामा पाँच हजारभन्दा बढीले अवलोकन तथा परामर्श लिएको इक्यानले जनाएको छ । बाढीपहिरोका कारण अधिकांश स्थानमा अवरोध सिर्जना भएको समयमा पनि मेलामा विद्यार्थी तथा अभिभावकको उल्लेख्य सहभागिता रहेको इक्यानका अध्यक्ष शेषराज भट्टराईले बताए । कोरोना महामारीपछि भौतिक रूपमा पहिलो पटक आयोजना गरिएको मेला भएकाले पनि विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको उनको भनाइ छ । मेलामा विभिन्न शैक्षिक परामर्श संस्थाका साथै विभिन्न देशका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिको पनि उपस्थिति थियो ।
वन अप मिडिया प्रालिको व्यवस्थापनमा आयोजना भएको मेलाको प्रमुख प्रायोजकमा रियल ड्रिम्स एजुकेसनल कन्सलटेन्सी प्रालि र इन एसोसिएसनमा वेद इन्टरनेसनल एजुकेसन प्रालि थियो । साथै, प्रायोजकमा केआईईसी प्रालि, अर्बिट इन्टरनेसनल एजुकेसन प्रालि, नोबेल एजुकेसन प्रालि, डब्ल्युआरआई एजुकेसन, राइट पाथ, सेनेका, कंगारु एजुकेसन फाउन्डेसन, एलाइट मुभर्स, भिरा एजुकेसन र ग्रेस एजुकेसन प्रालि थिए । मेलामा विभिन्न २२ वटा कम्पनीका स्टल राखिएको थियो । शैक्षिक परामर्श क्षेत्रको सबैभन्दा पुरानो र ठूलो संस्था इक्यानमा छ सय सात सदस्य छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया