Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकेएल दुगड समूहका अध्यक्षलाई ‘जैन समाज रत्न’ सम्मान

केएल दुगड समूहका अध्यक्षलाई ‘जैन समाज रत्न’ सम्मान


काठमाडौं । केएल दुगड समूहका अध्यक्ष तथा समाजसेवी किशनलाल दुगडलाई भारत जैन महामण्डलले ‘जैन समाज रत्न’ पुरस्कारबाट सम्मानित गरेको छ । भारतको मुम्बईमा हालै एक भव्य कार्यक्रमको आयोजना गरी दुगडलाई सो सम्मान प्रदान गरिएको हो । सो सम्मान भारतको लोकसभाका सभामुख ओम बिरलाले प्रदान गरेका थिए । यस किसिमको सम्मान प्राप्त गर्ने दुगड पहिलो र एक मात्र नेपाली हुन् ।

कार्यक्रममा भारतीय सभामुख, प्रधानन्यायाधीश धनञ्जय चन्द्रचुडलगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । जैन समाज रत्न पुरस्कार समाजको उत्थान, विशेष गरी जैन समुदायभित्र सामाजिक सेवाको क्षेत्रमा आफ्नो जीवन समर्पित गर्ने व्यक्तिहरूलाई दिइन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x