Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलेकसाइडमा खुल्यो ‘लेक स्पाइस रेस्टुरेन्ट’

लेकसाइडमा खुल्यो ‘लेक स्पाइस रेस्टुरेन्ट’


पोखरा । पोखराको लेकसाइडमा लेक स्पाइस रेस्टुरेन्ट सञ्चालनमा आएको छ । विगत २५ वर्षदेखि रेस्टुरेन्ट क्षेत्रमा क्रियाशील युवा तारा घर्तीमगर र कोरियामा १० वर्ष रोजगारी गरेर फर्किएका गौरव घर्तीमगरले रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । तारा र गौरव बागलुङ गलकोट निवासी हुन् ।

ताराका बुबा खड्कबहादुर घर्तीमगर र गौरवका बुबा वीरबहादुर घर्ती मगरले सो रेस्टुरेन्ट शुभारम्भ गरेका थिए । रेस्टुरेन्टमा नेपाली, इन्डियन, चाइनिज, थाईलगायत दुई सय ५० भन्दा बढी खाना÷खाजाका परिकार उपलब्ध हुनेछ । घटस्थापनाका दिन सञ्चालनमा ल्याइएको रेस्टुरेन्टमा कात्तिक १ गतेसम्म १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । करिब दुई करोड ५० लाख लगानीमा खुलेको रेस्टुरेन्टमा एक सय २० जनालाई एकै पटक सेवा दिन सकिने सञ्चालक तारा घर्तीमगरले बताए । रेस्टुरेन्टमा २५ जना कर्मचारी छन् । कुकिङमा १२ र रिसेप्सन, वेटरलगायतमा १३ जना छन् ।

रोजगारीको सिलसिलामा १० वर्ष सिंगापुर बसेका ताराले पोखराका नाम चलेका रेस्टुरेन्टमा प्रमुख कुक भएर काम गरेका थिए । उनले रेस्टुरेन्टको खाना÷खाजालाई अझ गुणस्तरीय बनाउन मलेसियन कुकलाई रेस्टुरेन्टमा ल्याएर आफूसहित कुकिङमा काम गर्नेलाई खानाका परिकार बनाउन सिकाएका छन् । ४० दिनका लागि मलेसियन कुकलाई १२ लाख खर्चेको उनको भनाइ छ । मलेसियन कुक फर्केपछि कुकिङको नेतृत्व तारा आफैँले गर्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x