Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहट एअर बेलुन उडान फेरि सुरू

हट एअर बेलुन उडान फेरि सुरू


काठमाडौं । मनसुनका कारण केही महिना स्थगित भएको पोखराको हट एअर बेलुन यसै सातादेखि पुनः सञ्चालनमा आएको छ । हट एअर बेलुन साहसिक पर्यटकीय खेल हो । पछिल्लो समय साहसिक पर्यटनका पारखीहरूको रोजाइमा यो खेल परेको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए ।

कम्पनीले करिब आठ हजार फिटमाथिसम्म हट एअर बेलुनमा उडान गर्दै आएको छ । बेलुनबाट माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्कोट मान्द्रेढुङ्गाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको सुन्दर दृश्यावलोकन गर्न सकिनेछ । कम्पनीले हाल दुई वटा बेलुन उडाउँदै आएको छ । स्पेनका क्लेटो र बेलायतका हार्भे एलेक्जेन्डर गरी दुई जना पाइलटले बेलुन उडाउनेछन् । पोखराको पामेबाट हट एयर बेलुन उडान हुने बाडेले जानकारी दिए । उनका अनुसार बिहान र बेलुका गरी दुई सिफ्टमा बेलुन उडाइनेछ । बिहान ५ बजेदेखि ९ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म उडान हुने बाडेले जानकारी दिए । कम्पनीका अनुसार तीन वर्ष उमेर पुगेका व्यक्तिले हट एअर बलुनमा उड्न सक्नेछन् ।

कम्पनीले ९एन–एएमडब्लु कलसाइनको बेलुनमा पाइलटबाहेक आठ जना र नौ एनभी कलसाइनको बेलुनमा पाइलटबाहेक एकपटकमा १२ जना यात्रुलाई उडान गर्दै आएको छ । बेलुन नेपालले आगामी क्रिसमस र अंग्रेजी नयाँ वर्ष सन् २०२५ लाई लक्षित गर्दै डिसेम्बर २४ देखि जनवरी १ सम्म पर्यटकीय राजधानी पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव आयोजना समेत गर्दैछ ।

कम्पनीका अनुसार हट एअर बलुनमा उड्नका लागि नेपाली पर्यटकलाई ११ हजार रुपैयाँ शुल्क लाग्नेछ । यस्तै, सार्क मुलुकका पर्यटकका लागि एक सय २० डलर र अन्य मुलुककालाई एक सय ५० डलर शुल्क कायम छ । उक्त शुल्क तिरेपछि उडानसँगै ब्रेकफास्ट, लेकसाइडदेखि पामे सम्म्को दुईतर्फी यातायात सुविधा, फोटो–भिडियो र प्रमाणपत्र समेत पाइन्छ । पर्यटकले बलुन रिजर्भ गरी प्राइभेट उडान गर्न चाहे सो सुविधा समेत रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x