बीवाईडीद्वारा नेपालमा एकैदिन १३२ युनिट ईभी डेलिभरी
काठमाडौं । इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता कम्पनी बीवाईडीले नेपालमा एकैदिन १३२ युनिट ईभी डेलिभरी गरेर महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । दशैँ शुभारम्भको पहिलो दिन घटस्थापनाको अवसरमा कम्पनीले सो महत्वपूर्ण उपलब्धि हासिल गरेको हो ।
कम्पनीका अनुसार यसले नेपाली इलेक्ट्रिक मोबिलिटीको क्षेत्रमा बीवाईडीको बढ्दो लहरलाई देखाएको छ । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले देशभर रहेका डिलर नेटवर्कमार्फत सो उपलब्धि हासिल गर्न सफल भएको हो । अत्याधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता र दिगो मोबिलिटी समाधानका साथ नेपालको इलेक्ट्रिक भेइकल बजारमा बढ्दो प्रभाव कायम गर्दै बीवाईडीले आफूलाई ईभी बजारको नेतृत्वकर्ता कायम गरेको छ । साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमले एकै दिन १३२ ईभी डेलिभरी गर्न पाउनु कम्पनीको लागि गर्वको दिन भएको बताए । देशभर बीवाईडीको बजार उपस्थिति तीव्ररूपमा बढिरहेको समयमा यो डेलिभरी गरिएको छ ।
पछिल्लो समयमा वीरगञ्ज, बनेपा र जनकपुरलगायतका स्थानमा सोरुम विस्तार गरेर बीवाईडी नेपालभर विस्तार भइरहेको कम्पनीले जनाएको छ । वातावरणमैत्री अभियान र साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ)जस्ता नवीन सीएसआर पहलमार्फत कम्पनीले इलेक्ट्रिक सवारीलाई लगातार प्रवद्र्धन गरिरहेको छ । शून्य उत्सर्जन इलेक्ट्रिक सवारीमार्फत नेपालको यातायात क्षेत्रलाई रुपान्तरण गर्ने बीवाईडीको लक्ष्यलाई १३२ युनिट डेलिभरीले अझै जोड दिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- विद्यार्थीलाई अग्रवाल सेवा केन्द्रको छात्रवृत्ति
- बीवाईडीद्वारा नेपालमा एकैदिन १३२ युनिट ईभी डेलिभरी
- एनसेलकी विशाखा खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
- ‘स्काईवर्थ सपना साकार’ अफरको विजेता घोषणा
- हट एअर बेलुन उडान फेरि सुरू
- इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई अमेरिकाको चेतावनी
- सहयोग रकममा सर्त परिवर्तन गर्न आईएमएफलाई श्रीलंकाको आग्रह
- माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत भ्रमण गर्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया