Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपोखरामा अन्तर्राष्ट्रिय योग महोत्सव हुने

पोखरामा अन्तर्राष्ट्रिय योग महोत्सव हुने


पोखरा । होटल संघ नेपाल र पोखरास्थित पूर्ण योग रिट्रिटको संयुक्त आयोजनामा पोखरामा नेपाल योग महोत्सव हुने भएको छ । यही असोज ३० देखि कात्तिक ३ गतेसम्म सो महोत्सव सञ्चालन हुने जनाइएको छ ।

महोत्सवमा ५० विदेशीका एक सय ७० जना सहभागी हुने आयोजकको आकलन छ । महोत्सवमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त योग विज्ञ सहभागी हुने र उनीहरूबाट विभिन्न विधामा योग कक्षा सञ्चालन गरिनेछ । महोत्सव अवधिभर विश्वस्तरीय योग प्रस्तुतकर्ता गुरु अन्तरयोगी चैतन्य केन्द्रका प्रकाश थापा ग्रामीनोमिनेटेड मनोज, पिटिर स्टेरियोस र चर्य नृत्य नाच गुरु प्रज्वल रत्न बज्राचार्यजस्ता विशेषज्ञबाट योग र ध्यानको कार्यशाला रहनेछन् भने ऐतिहासिक तथा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत हुनेछन् । महोत्सवमा सहभागी हुन नेपालीलाई दिनको तीन हजार रुपैयाँ र विदेशीलाई छ हजार पाँच सय रुपैयाँ शुल्क तोकिएको छ ।

महोत्सव अवधिभर चार दिन सहभागी हुनेका लागि थप आकर्षक प्याकेजको पनि व्यवस्था गरिएको छ । होटल संघ नेपालका महासचिव साजन शाक्यले नेपालमा योगकै लागि भनेर ठूलो संख्यामा विदेशी पर्यटक आउने गरेको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x