Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअल्लो, ढाका र गार्मेन्टका उत्पादनमा आकर्षण

अल्लो, ढाका र गार्मेन्टका उत्पादनमा आकर्षण


काठमाडौं । राजधानीको राष्ट्रिय सभागृहमा हाल सञ्चालन भइरहेको दोस्रो जिल्लास्तरीय उद्योगी मेला र दशैँ महोत्सव २०८१ मा अवलोकनकर्ताहरूको भिड लागेको छ । खासगरी प्रदर्शनीमा स्थानीय खानाका परिकार, अल्लो, ढाका र गार्मेन्टका मौलिक उत्पादन, अचार, छोप, मह, कृष्टलका गहना, ओखलमा प्रत्यक्ष कुटेका च्युरालगायतमा अवलोकनकर्ताहरूको आकर्षण देखिएको हो ।

यस्तै, प्रदर्शनीमा सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भुइँकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, कर्णाली तथा हिमाली क्षेत्रका मौलिक परिकार तथा अन्य उत्पादन, नेपाली जुत्ता उपभोक्ताहरूले मन पराएका छन् । घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाले ‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ संयुक्तरूपमा सञ्चालन गरेको मेला असोज २४ गतेसम्म चल्नेछ । काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीहरूको सहभागितामा आयोजना गरिएको औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगहरूको सहभागिता रहेको छ ।

मेला संयोजक जितेन्द्र कुमार श्रेष्ठले औद्योगिक प्रदर्शनीमा काठमाडौंका सबै वडामा सञ्चालित उद्योगहरूको सहभागिता रहेको बताए । यस्तै, काठमाडौं महानगरपालिका सामाजिक विकास विभाग प्रमुख समीक्षा निरौलाले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने लघु, घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन र बजारीकरणमा सघाउन प्रदर्शनी आयोजना गरिएको बताइन् ।

प्रदर्शनीमा लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्ता, अचार, छोप, फेल्ट, ढाका र अल्लो, जुम्ला र मुस्ताङका अर्गानिक उत्पादन, कस्मेटिक, गार्मेन्ट, हस्तकलाका उत्पादन, अर्गानिक फलफूल, चोयाको सामान, तयारी पोशाक, कृष्टलका गहना तथा सामग्री, ढाकाका कपडा, ओखलमा कुटेका च्युरा, अर्गानिक अचार र छोप, मखमलका जुत्तालगायतका उत्पादन, काष्ठकलाका सामग्री, प्लास्टिकबाट पुनःप्रयोगबाट बनाइएका कलात्मक वस्तु, बाँसको जराबाट बनाइएका कलात्मक वस्तुलगायतका ७० वटा स्टल रहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x