Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआईसीटी अवार्ड २०२४ को चार विधाका सेमिफाइनलिस्ट सार्वजनिक

आईसीटी अवार्ड २०२४ को चार विधाका सेमिफाइनलिस्ट सार्वजनिक


काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित तथा परिचित कार्यक्रम आईसीटी अवार्डको नवौँ संस्करणको चार विधाका सेमिफाइनलिस्ट सार्वजनिक गरिएको छ । विभिन्न १४ विधामा खुला भएको नोमिनेसन प्रक्रिया सकिएर सर्वोत्कृष्टको लागि छनौट प्रक्रिया जारी छ । १४ जना विज्ञ जुरी सदस्यहरूले छनौट प्रक्रियामा काम गरिरहेका छन् ।

यसै क्रममा क्याटागोरी ‘ए’अन्तर्गत स्टार्टअप, प्रोडक्ट, राइजिङ स्टार र सोसियल इनोभेसन विधामा दुई चरणको छनौटपश्चात सेमाफाइनलिस्ट सार्वजनिक गरिएको छ । स्टार्टअप आईसीटी अवार्ड २०२४अन्तर्गत उत्कृष्ट १० को छनौट भएको छ । ४५ बढी स्टार्टअपहरूको नोमिनेसन रहेको यस विधामा दुई चरणको छनौटपश्चात उत्कृष्ट १० सार्वजनिक गरिएको हो । यसअन्तर्गत अभियान्त्रिक कर्मशाला, बसियो सर्भिसेस, क्रिम्सन टेक, डार्क म्याटर गेम प्रोडक्सन, फेन्टासी गेम्स, जियोभेसन नेपाल, हेल्थ याद आयो, ट्याकुम डिजिटल, युवासफ्ट टेक्नोलोजिज र ज्याप सर्भिसेस उत्कृष्ट १० स्टार्टअपमा छनौट भएका छन् ।

प्रोडक्ट आईसीटी अवार्ड २०२४ को लाग उत्कृष्ट १३ प्रोडक्ट सार्वजनिक गरिएको छ । यस विधामा ४० बढी प्रोडक्टहरूको नोमिनेसन प्राप्त भएको थियो । एपीआईएमएस, बसियो, बिबाबो, बजेट ३६०, कन्प्रेहेन्सिभ रिकन्सिलेसन सिस्टम उत्कृष्ट १३ मा परेका छन् । यसैगरी इमेडिओयर, इ–निर्माण, जिकवज, खातापाना, कोइली, मुनिसिपालिटी सर्भिस पोर्टल, माई पालिका र तेज हेल्थ केयर प्रोडक्ट विधाअन्तर्गत सेमिफाइनलिस्टमा छनौट भएका छन् ।

राइजिङ स्टार इन्नोभेसन २०२४ मा ६० बढीको आवेदन प्राप्त भएको थियो । यस विधामा उत्कृष्ट १२ इन्नोेभेसन सेमिफाइलिस्टमा छनौट भएका छन् । यसअन्तर्गत एरोगार्ड, एआई इमेज डिटेक्सन, बाली विज्ञान, बिबाबो, साइफरभोट, डीआर फिस उत्कृष्ट १२ मा पर्न सफल भएका छन् । यसैगरी फलो मी ड्रोन, हाइपर्स, कुरुवा केयर, प्रहारक, स्पिकअप नेपाल, राइट अन एआईले पनि सेमिफाइलिस्टको लागि प्रतिस्पर्धा गर्नेछन् । सोसियल इन्नोभेसन आईसीटी अवार्ड २०२४ को विधामा उत्कृष्ट १३ इन्नोभेसनहरू सेमिफाइन प्रतिस्पर्धाको लागि छनौट भएका छन् । यस विधामा ३५ बढी इन्नोभेसनहरूको नोमिनेसन प्राप्त भएको थियो । यसअन्तर्गत एआई पोलिसी ट्रयाकर, विपत् पोर्टल, कता हो, इ–कागजपत्र, जियो कृषि, ह्युमन वाइलर्ड लाइफ कन्फ्लिक्ट नेपाल उत्कृष्ट १३ मा पर्न सफल भएका छन् ।

यसैगरी केयु कृषि, एलएमसी अलर्ट, लोकल लेभल जस्टिस म्यानेज्मेन्ट सिस्टम, मोबाइल हेल्थ फर केयर को–अर्डिनेसन, एनएस एप, सफा नेपाल, टेलिमेडिसिन ब्रिजिङ हेल्थकेयर ग्यापले पनि सेमिफाइनलमा स्थान प्राप्त गरेका छन् । यी उत्कृष्ट स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरूले फाइनल प्रतिस्पर्धाका लागि ग्रान्ड जुरी सेसनमा १४ जना जुरी समक्ष प्रस्तुति र प्रडक्ट शोकेस गर्नुपर्नेछ । यसपश्चात् चार विधामा नै उत्कृष्ट पाँचको फाइलिस्ट सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ । उत्कृष्ट पाँचमा पर्न सफल स्टार्टअप, प्रडक्ट र इन्नोभेसनले सर्वोत्कृष्ट छनौटका लागि पब्लिक भोटिङसँगै जुरीले कार्यालय भ्रमण गर्नेछन् ।

क्याटेगोरी ‘ए’अन्तर्गतका यी विभिन्न चार विधाहरूसँगै जुरीले क्याटेगोरी ‘सी’अन्तर्गत डिजिटल एजुकेसन, डिजिटल सर्भिसेस र डिजिटल गभर्नेन्स विधामा प्राप्त नोमिनेसनहरूको पहिलो चरणको छनौट प्रक्रिया सञ्चालन गरिरहेका छन् । अन्य व्यक्तिगत अवार्ड विधाहरू पायोनियर, इन्टरप्रेनर्स, वुमन आइकन, नेपाली डायस्पोरा र प्रोफेसनल एक्सिलेन्स विधाहरूमा दशैँपश्चात् छनौट प्रक्रिया सुरु हुनेछ ।

साउथ एसिया स्टार्टअप अवार्डको लागि भने नोमिनेसन प्रक्रिया अझै जारी छ । यस विधामा छनौट प्रक्रियाको लागि भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानबाट जुरी सदस्यहरू मनोनयन गरिएको छ । नेपालका सातै प्रदेशका स्टार्टअपलाई लक्षित स्टार्टअप मिटअप सेसनहरू आयोजकले प्रदेश प्रदेशमा सञ्चालन गरिरहेको छ । आईसीटी अवार्डको महत्वपूर्ण प्रि–इभेन्ट कार्यक्रमहरू कात्तिक अन्तिम सातादेखि सञ्चालन हुनेछन् । स्टार्टअप फेस्ट, बुटक्याम्प, मेन्टरिङ सेसन र टेलिभिजन शो तिहारलगत्तै सुरु हुने आयोजक लिभिङ विथ आईसीटीका अध्यक्ष राजन लम्सालले जानकारी दिए ।

आईसीटी अवार्डको छनौट प्रक्रिया नेपालमा हुने अवार्डहरूमध्ये सबैभन्दा बृहत्, निष्पक्ष र पारदर्शी रहने आयोजकको दाबी रहेको छ ।

अवार्डको छनौट प्रक्रियाको लागि विभिन्न २५ चरणमा जुरी समितिको मिटिङ तथा प्रिजेन्टेसन सेसनहरू सञ्चालन हुनेछन् । आईसीटी अवार्ड २०२४ को ग्रान्ड फिनाले २० डिसेम्बरको दिन हायात रिजेन्सीमा आयोजना हुनेछ । लिभिङ विथ आईसीटीले हरेक वर्ष आयोजन गर्दै आइरहेको आईसीटी अवार्ड कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभागसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्य रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x