Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअल्ट्रभोइलेट युभी स्पेस पोडको शाखा विस्तार

अल्ट्रभोइलेट युभी स्पेस पोडको शाखा विस्तार


काठमाडौं । नेपालमा अल्ट्रभोइलेट युभी स्पेस पोडले आफ्नो शाखा विस्तार गरेको छ । विश्वमा ५० अत्याधुनिक केन्द्र खोल्ने लक्ष्यका साथ अल्ट्रभोइलेट युभी स्पेस पोडले नेपालमा आफ्नो शाखा विस्तार गरेको हो ।

युरोप तथा भारतमा सफल परीक्षण भएर सञ्चालनमा आइसकेको अल्ट्रभोइलेट नेपालका लागि केडिया समूहले साझेदारी गरी सञ्चालनमा ल्याएको हो । केडिया समूहले अन्तर्राष्ट्रियस्तरको अल्ट्राभोइलेट विस्तारगरी पूर्णरूपमा सञ्चालनमा ल्याएको छ । एफ७७ म्याच २ शीर्षस्तरीय १० दशमलव तीन किलोवाट एसआरबी सात लिथियम–आयन ब्याट्रीले सुसज्जित छ, यसले बेजोड दायरा र प्रदर्शन प्रदान गर्छ । उद्योगमा सबैभन्दा राम्रो एक प्रभावशाली आठ लाख किमी ब्याट्री वारेन्टीसँग ईभी क्षेत्रमा एक नयाँ बेन्चमार्क सेट गर्ने कम्पनीले जनाएको छ ।

अल्ट्राभायोलेट भविष्यमा तयार हुने विद्युतीय वाहन प्लेटफर्म र ब्याट्री टेक्नोलोजीमा एक आविष्कारक समेत रहने कम्पनीले जनाएको छ । उड्डयन डीएनएसँग जोडिएको यो उद्यम २०१६ मा संस्थापक, नारायण सुब्रमन्यम र निरज राजमोहनद्वारा कल्पना गरिएको थियो । केडिया समूहले बिक्री वितरण गरिरहेको अल्ट्रभोइलेटको स्वरूम काठमाडौंको नारायणचौर, नक्सालमा अवस्थित रहेको छ । भारतमा पूर्णरूपमा कल्पना, डिजाइन र निर्माण गरिएका एफ७७ म्याच दुई अब काठमाडौंमा नयाँ उद्घाटन गरिएको यूभी स्पेस पोडमा खरिद र परीक्षण सवारीहरूको लागि उपलब्ध छ । यो ग्राउन्डब्रेकिङ मोटरसाइकलले विद्युतीय सवारी उद्योगमा नयाँ मापदण्ड बनाएको कम्पनीको दाबी छ । अल्ट्रभोइलेट युभी स्पेस पोडको विधिवतरूपमा केडिया समूहका अध्यक्ष मनोज केडियाले उद्घाटन गरेका थिए । सोही अवसरमा दुई जना ग्राहकलाई बाइकको चाबी हस्तान्तरण गरिएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x