Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलद्दाखमा बजाज डोमिनारको मोटरसाइकल यात्रा

लद्दाखमा बजाज डोमिनारको मोटरसाइकल यात्रा


काठमाडौं । बजाज डोमिनार चार सय राइडरहरूको नौ जनाको टोली लद्दाखको २० दिने यात्रामा निस्किएको छ । यो टोली ५८ सय ८३ मिटर (१९ हजार तीन सय फिट) उचाइमा रहेको विश्वको सबैभन्दा अग्लो मोटरेबल सडक उम्लिङ लाको भ्रमणमा निस्किएको हो । ‘द ग्रेट हिमालयन ओडिसी’ नाम दिइएको यो विशाल मोटरसाइकल यात्राले छ हजार किलोमिटरभन्दा बढीको दूरी पूरा गर्नेछ ।

बजाज डोमिनार चार सयको यो लद्दाख यात्रा मंगलबार बिहान नक्सालस्थित बाइकर्स क्याफेबाट सुरु भएको हो । यो अभियान देशको मोटरसाइकल संस्कृतिमा एउटा महत्वपूर्ण कोशेढुङ्गा सावितको साथै मोटरसाइकल राइडरहरू र मोटरसाइकल दुवैको सहनशीलता र लचिलोपनको प्रमाण हुने कम्पनीले विश्वास लिएको छ ।

बजाज मोटरसाइकलका मार्केटिङ हेड अमित राज चालिसेले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘हाम्रा बजाज डोमिनार राइडरहरूले यो ठूलो चुनौतीको सामना गरेको देखेर हामी धेरै खुसी भएका छौँ । विश्वको सबैभन्दा अग्लो मोटरेबल सडकबाट पुग्न सकिने उम्लिङ लामा पुग्नु डोमिनार चार सयको स्थायित्व र यी सवारहरूको साहस र आत्मबलको प्रशंसा गर्नैपर्छ । हामी टोलीलाई उनीहरूका मोटरसाइकलप्रति विश्वास राख्न र सीमाहरू पार गर्दै यो क्रस–कन्ट्री साहसिक कार्य सफल बनाउनको लागि शुभकामना व्यक्त गर्न चाहन्छौँ ।’

यस अभियानको नेतृत्व टोलीका कप्तान मनिष देवकोटाले गरेका छन्, जसले आफ्नो भावना यसरी बाँडे, ‘उम्लिङ ला पुग्नु धेरै राइडरहरूको लागि सपना थियो र यो हाम्रो सपना आखिरमा साकार हुँदैछ । हामी अगाडि आउने चुनौतीहरूको लागि तयार छौँ र हाम्रो डोमिनार मोटरसाइकल र हाम्रो सवारी कौशलमा हामीलाई पूर्ण विश्वास छ । यो केवल एक यात्रा मात्र होइन, साहस र जोशको बयान पनि हो । यहाँहरू सबैको अटल समर्थन र प्रोत्साहनको लागि धन्यवाद छ ।’ यो अभियान बजाज डोमिनार चार सय मोटरसाइकलको पराक्रम र नेपाली सवारहरूको दृढ संकल्पको शक्तिशाली प्रदर्शन हो । यो हिमालयको चुनौतीपूर्ण भू–भाग हुँदै विश्वको सबैभन्दा अग्लो मोटरेबल सडक पुग्न सकिने स्थानसम्मको यात्रा सहनशीलता, सीप र साहसिक कार्यको प्रेरणादायी कार्य हुनेछ । द ग्रेट हिमालयन ओडीसी यही १५ अक्टोबर २०२४ मा सुरु भएको छ र यसले नेपालको सम्पूर्ण मोटरसाइकल समुदायलाई गौरव प्रदान गर्ने बाचा गर्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x