सनफिस्ट डार्क फ्यान्टसीको चोको फिल्समा विशेष छुट
काठमाडौं । सूर्य नेपाल प्रा.लि.द्वारा निर्मित सनफिस्ट डार्क फ्यान्टेसी लिमिटेडले आफ्नो उत्पादन सनफिस्ट डार्क फ्यान्टेसी चोको फिल्समा एक विशेष अफर ल्याएको छ । कम्पनीले फ्यान्टसी चोको फिल्सको ७५ ग्राम प्याकमा पाँच रुपैयाँ छुट र तीन सय ग्राम प्याकमा ३० रुपैयाँ छुट उपलब्ध गराएको हो ।
कम्पनीका अनुसार यो कुकीप्रेमीहरूका लागि डार्क फ्यान्टसी कुकिजको स्वादमा मन्त्रमुग्ध भएर यसको विशेष स्वादमा लिप्त हुने उत्तम अवसर हो, जुन आफ्नो रिचनेस, चकलेट सेन्टर, क्रिस्प र सुनौलो कुकी सेलको लागि परिचित छ । यसको प्रिमियम स्वाद र स्वादिष्ट चकलेट फिलिङको साथ यसले सबै उमेरका लागि रमाइलो ट्रिट प्रदान गर्ने कम्पनीको दाबी छ । यो विशेष अफर सीमित समयको लागि मात्र उपलब्ध हुने जनाइएको छ । कम्पनीले चोको फिल्सजस्ता प्रिमियम र आकर्षक उत्पादनहरू प्रदान गरेर नेपाली उपभोक्ताहरूका लागि निरन्तर पृथक स्वादहरू ल्याउने बाचा पूरा गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- सनफिस्ट डार्क फ्यान्टसीको चोको फिल्समा विशेष छुट
- मुक्तिनाथ विकास बैंक र आईडिया नेपालबीच साझेदारी
- ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच सम्झौता
- सिटिजन्स क्यापिटल र दाउन्ने एग्रो फार्मबीच सम्झौता
- सिटिजन्स बैंक र एस्थेटिक औरा स्किन एन्ड हेयर क्लिनिकबीच समझदारी
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा बाढीपहिरो प्रभावितलाई सहयोग
- राष्ट्रिय वाणिज्य बैंकको ‘किसान सरल कर्जा’
- हत्याको आरोपमा प्रहरी द्वारा एक युवा पक्राउ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया