भिभो भी ४० लाइट नेपाली बजारमा
काठमाडौं । भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो भी ४० लाइट आधिकारिकरूपमा सार्वजनिक गरेको छ । भिभो भी ४० भी सिरिजको पछिल्लो संस्करण हो । दुई आकर्षक रंग (टाइटेनियम सिल्भर र एमरल्ड ग्रिन)मा उपलब्ध भिभो भी ४० ले प्रभावशाली अल्ट्रा–स्लिम डिजाइन र उच्च कार्यक्षमतालाई एकैसाथ प्रस्तुत गरेको छ ।
फोनको पछाडिको भागमा रहेको नयाँ कुशन–कट डायमन्ड क्यामेरा मोड्युलले यसको डिजाइनलाई अझै आकर्षक बनाएको छ । भिभो भी ४० लाइटमा ५००० एमएच ब्याट्री र ८० वाटको फ्ल्यास चार्जको क्षमता रहेको छ । फोनको ब्याट्री लाइफ चार वर्षको रहेको कम्पनीले जनाएको छ ।
यस स्मार्टफोनलाई आईपी ६४ डस्ट र वाटर रेजिस्टेन्स प्रमाणित गरिएको छ । भिभो नेपालका महाप्रबन्धक माइकल लिउले भिभो भी ४० लाइट नेपाली बजारमा भित्र्याउन पाउँदा निकै खुसी व्यक्त गरेको बताए ।
डुअल स्टेरियो स्पिकर सेटअपको साथमा इमर्सिभ १२० हर्जको एमोलेड डिस्प्ले रहेको यस फोनले हरेक चलचित्र, संगीत ट्«याक वा खेललाई जीवन्त बनाउने कम्पनीले विश्वास लिएको छ । फोनमा एआई–ईरेज र एआई–फोटो इनह्यान्समेन्टजस्ता फिचरहरूले फोटोहरूमा रहेका अनावश्यक वस्तुहरू हटाउन र गुणस्तर बढाउन सहयोग गर्ने पनि जनाइएको छ ।
फोनमा आठ प्लस आठ जीबीको विस्तारित ¥याम र दुई सय ५६ जीबी स्टोरेज क्षमता रहेको छ । आगामी कात्तिक २ गतेदेखि भिभो भी ४० लाइट नेपाली बजारमा मात्र ३६ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । दराजमा फोनको अग्रिम बुकिङ गर्न सकिनेछ । साथै, देशभरका मुख्य रिटेल स्टोरमा पनि फोन उपलब्ध हुनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- उपचार खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय
- रास्वपा सभापति लामिछानेलाई ६ दिनको म्याद थप
- सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय
- बागमती प्रदेशको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त
- जलवायु परिवर्तनको असर विकराल बन्दै गएको छ: उपप्रधानमन्त्री सिंह
- इजरायली प्रधानमन्त्रीको निवासमा ड्रोन हमला
- जी–७ को रक्षा शिखर सम्मेलन इटालीमा सुरु
- अमेरिकी बजेट घाटा करिब दुई ट्रिलियन बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया