Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपञ्चकन्या स्टिललाई ग्रिन–प्रो प्रमाणपत्र

पञ्चकन्या स्टिललाई ग्रिन–प्रो प्रमाणपत्र


काठमाडौं । पञ्चकन्या ग्रुपको सिस्टर कर्न्सन उद्योग पञ्चकन्या स्टिल प्रालिको उत्पादन टिएमटी रिब्डबारले सन् २०२४ को लागि सीआईआई ग्रिन–प्रो प्रमाणपत्र प्राप्त गरेको छ । नेपालमा यो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप पहिलो उद्योग समूह बन्न सफल भएको छ ।

हालै भारतको दिल्लीमा आयोजित एक कार्यक्रममा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वल कुमार श्रेष्ठले उक्त प्रमाणपत्र ग्रहण गरेका थिए । पञ्चकन्या स्टिलको टिएमटी रिब्डबारले ग्रिन–प्रो प्रमाणपत्र प्राप्त गरेपश्चात कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको थप एक महत्वपूर्ण उपलब्धि समेत भएको कम्पनीले जनाएको छ ।

कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)–सोराब्जी गोदरेज ग्रिन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रिनप्रो प्रमाणपत्रले वातावरण संरक्षणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ । यो प्रमाणपत्र ग्रहणपश्चात पञ्चकन्या स्टिलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गरेको छ । यसैबीच दिगो विकास र वातावरणप्रति मुख्य ध्यान दिदै भारत र न्युजिल्यान्डबीच एक सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x