Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसिंगापुरका लगानीकर्ता र नेपाल चेम्बरबीच समझदारी

सिंगापुरका लगानीकर्ता र नेपाल चेम्बरबीच समझदारी


काठमाडौं । नेपाल चेम्बर अफ कमर्स एनसीसी र सिंगापुर इन्डियन चेम्बर अफ कमर्स एसआईसीसीआईबीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल र एसआईसीसीआईबीच नेपालको जलविद्युत्, पर्यटन खनिजलगायत अन्य प्राकृृतिक स्रोतहरूमा लगानीका लागि समझदारी भएको हो ।

सिंगापुर भ्रमणका क्रममा अध्यक्ष अग्रवालले एसआईसीसीआईका पदाधिकारीसँग नेपालको लगानीका क्षेत्र र अवसरबारे जानकारी गराएका थिए । नेपालका जलविद्युत्, पर्यटन, खानी एवं प्राकृतिक अन्य स्रोतहरूमा लगानीका लागि सिंगापुरका लगानीकर्ताहरू समक्ष उनले आग्रह गरे । नेपालमा हुने लगानीको प्रतिफल सुनिश्चितताका लागि नेपाल चेम्बर अफ कमर्सले सहजीकरण गर्ने उनले प्रतिबद्धता समेत जनाए । नेपालमा राजनीतिक स्थिरता, कानुनी पाटोमा सुधार हुँदै गएकाले लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको उनले लगानीकर्ताहरूलाई अवगत गराए । पर्यटकीय दृष्टिकोणले समेत नेपाल विश्वकै उत्कृष्ट गन्तव्य बन्दै गएको भन्दै उनले लगानीका लागि आग्रह गरे ।

नेपाल र सिंगापुर दुवै मुलुकले लगानी र व्यापारिक साझेदारीमार्फत आर्थिक फाइदा लिन सक्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । नेपाल भ्रमणका लागि समेत उनले एसआईसीसीआईका पदाधिकारीलाई आग्रह गरे ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x