सात करोड लगानीमा सामाखुसी यातायातद्वारा १५ बस सञ्चालन
काठमाडौँ । सात करोडको लागतमा सामाखुसी यातायात प्रालिले १५ वटा बस सञ्चालनमा ल्याएको छ । काठमाडौँ उत्तरी क्षेत्रका नागरिकको सहजताका लागि २०५७ सालमा सेवा प्रदान गर्दै आएको प्रालिले सोमबारदेखि थप १५ बस सञ्चालनमा ल्याएको हो ।
प्रालिका अध्यक्ष सानुकाजी प्रजापतिले स्थानीय बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै थप बस सञ्चालनमा ल्याएको जानकारी दिए । प्रालिका अध्यक्ष सानुकाजी प्रजापति र प्रमुख सल्लाहकार एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले संयुक्त रुपमा बस सेवाको उद्घाटन गरे ।
“काठमाडौँ उपत्यकामा यात्रुको अत्यधिक चाप छ, बस थपेसँगै यात्रुलाई सहज हुने विश्वास लिएका छौँ,” उनले भने । काठमाडौँको उत्तरी क्षेत्रमा बढ्दो जनसङ्ख्या तथा स्थानीय तहको चाहनाअनुसार बस थप गरिएको उनको भनाइ थियो ।
अध्यक्ष प्रजापतिले सामाखुसी यातायातले हाल ८० माइक्रोबस तथा ५० ठूला बसमार्फत सेवा प्रदान गरिरहेको जानकारी दिए । उनले सुरुआतमा नौ माइक्रोबसबाट सेवा सञ्चालन गरेको बताए ।
काठमाडौँको उत्तरी क्षेत्र बानियाटार, भत्केको पुल, मनमैजु, झोर, टोखा, बसुन्धरा र म्हैपीबाट सो यातायातले सेवा दिँदै आएको प्रालिका आर्थिक व्यवस्थापक दीपेन्द्र केसीले जानकारी दिए । प्रालिले हाल तीन सय ५० चालक तथा सहचालकलाई रोजगारी प्रदान गरिरहेको उनले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मुख्यमन्त्री कार्की र स्विस राजदूतबीच भेटवार्ता
- कार्यसम्पादन कमजोर भएका संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय
- सौर्य विद्युत् परियोजनामा ग्लोबल आइएमई बैंकले कर्जा लगानी गर्ने
- २६ सय ३९ बिन्दुमा खुम्चियो शेयर बजार
- सात करोड लगानीमा सामाखुसी यातायातद्वारा १५ बस सञ्चालन
- खानेपानी मन्त्रालयको सय दिने कार्यप्रगति
- भारतको अटोमोबाइल निर्यात १४ प्रतिशत बढ्यो
- भारतीय एयरलाइन्सहरुलाई बमको धम्कीले हैरान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया