Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबीएस–६ मापदण्डको नयाँ फोर्ड ‘एन्डेभर’ आयो, मूल्य १ करोड ४९ लाख

बीएस–६ मापदण्डको नयाँ फोर्ड ‘एन्डेभर’ आयो, मूल्य १ करोड ४९ लाख


काठमाडौं, असार २२
फोर्डको नेपालका लागि आधिकारिक बिक्रेता जीओ अटोमावाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा ल्याएको छ । विश्वको पहिलो १०–स्पिड स्वचालित ट्रान्समिशन भएको यस गाडीमा नयाँ २.० लिटर इकोब्लू डीजेल इन्जिन राखिएको छ । नेपालमा यसको मूल्य १ करोड ४९ लाख रुपैयाँ रहेको छ । १४ प्रतिशतसम्म इन्धन खपतमा सुधार गरिएका, शक्तिशाली अफरोड क्षमता, सस्तो सर्भिसिङ्ग सेवा, उत्कृष्ट पर्फरमेन्सका साथ २०२० एन्डेभर एसयूवी सेग्मेन्टमा नेपालमा आफ्नो छुट्टै प्रभूत्व स्थापित गर्ने आशा राखेको कम्पनीले जनाएको छ ।

एसयूवी चालकले अपेक्षा गरेभन्दा बढी सुविधाहरू भएकाले एसयूभी पारखीहरुको यो पहिलो रोजाइ बन्नेमा कम्पनी विश्वस्त छ । विश्वको पहिलो १० स्पीड स्वचालित ट्रान्समिशनयुक्त यो कार सेलेक्ट सिफ्ट® प्रविधियुक्त सेग्मेन्टको पहिलो गाडी भएको कम्पनीले जनाएको छ । साथै चाहेको दायरामा रहेर गियर लक गने सुविधा पनि यसमा रहेको छ । यसमा सात एयरब्याग, भूमि व्यवस्थापन प्रणाली जडान गरिएको छ ।

यसले गाडीभित्रको ध्वनिको उत्सर्जनलाई कम गर्ने प्रविधिको पनि प्रयोग गरिएको छ साथै आरामदायी, समानान्तर पार्क सहायतालगायतका फिचरहरू यसमा राखिएका छन् । २०२० फोर्ड एन्डेभरमा उन्नत २.० ईकोब्लू डीजेल इन्जिन प्रयोग गरिएको छ, पछिल्लो परिष्कृत यस इन्जिनका कारण इन्धन र पर्फरमेन्सका लागि यो अतुलनीय प्याकेज बन्न पुगेको छ । यसले उत्सर्जनलाई घटाएर कम इन्धन खपत गर्ने कम्पनीको दाबी छ ।

एन्डेभरको यस संस्करणमा आइपुग्दा १७० पीएस पिक पावर र ४२० टर्कका साथ कम्पनीले यात्रालाई शानदार र मनोरञ्जन गराउन गाडीको पर्फमेन्सको गुणस्तरलाई निरन्तरता दिएको छ । ४ह४ भेरीयन्टको इको ब्लूयुक्त यस गाडीमा विशिस्ट इन्धन क्षमता रहेको छ जसले १२.४ किलोमिटर प्रति लिटर माइलेज दिन्छ । फोर्ड इकोब्ल्यू इञ्जिन परिष्कृत स्वरुप हो, जसले ध्वनि उत्सर्जन कम्तीमा ४ डेसिबल एकाई घटाएको छ ।

उत्कृष्ट प्रदर्शन र टेक्नोलोजीका कारण विभिन्न अवार्डले पुरस्कृत यो कारमा पूर्ण नयाँ डिजाइन, बहु आविस्कारसहितका विशेषताहरू छन् । ईको ब्लू इंजिनले इन्धन दक्षतामा पनि सुधार ल्याएको छ । यस गाडीमा नयाँ इञ्जिन डिजल निकास फ्लुइडको प्रयोग गरिएको छ । यस फ्लुइडले नाइट्रोजन अक्साइडको उत्सर्जन घटाउन मद्दत गर्दछ र प्रदुषण कम गर्दछ ।

कम्पनीका अनुसार सेलेक्ट शिफ्ट®सहित पहिलोपटक १० स्पीड अटोमेटिक ट्रान्समिशन प्रयोगमा ल्याइएको यो गाडीले आरामदायी र उच्च गतिका साथ यात्रालाई विशिष्ट बनाउन मद्दत गर्दछ । स्टील, आल्मुनियमको मिश्रण साथ यो कारलाई बलियो र वजनदार रुपमा निर्माण गरिएको छ जसले उत्कृष्ट प्रदर्शन गर्दछ । सेलेक्टसिफ्ट® यस सेग्मेन्टको अर्को विशिष्ट विशेषता हो । विशेषगरी चुनौतीपूर्ण ड्राइभिङको समयमा ड्राइभरद्वारा नियन्त्रण गर्न सकिने गरी यस कारलाई निर्माण गरिएकोले सुरक्षाका दृष्टिकोणले यो कार चालकप्रति उत्तरदायी छ ।

एसयूभी हरेक कोणले सबैभन्दा राम्रो : २०२० मा सार्वजनिक यस एन्डेभर पूर्ण एलईडी हेडल्याम्प राखिएको छ । अल न्यू कन्टेम्पोरेरी स्क्वायर डिजाइनमा निर्माण गरिएको यस एलइडी हेडल्याम्पलाई तल र माथि दुवै बिममा कम्तीमा २० प्रतिशत प्रकाश बढाउने गरी निर्माण गरिएको छ । यस लगायत यो कारमा ८ इन्च टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, आरामदायी सिट, पावर एडजेस्टेबल ओआरवीएम लगायतका विशेषताहरु राखिएका छन् ।

आकर्षक डिजाइन, उत्कृष्ट अफरोड क्षमता, सुरक्षा आदिलाई मध्यनजर गरी निर्माण गरिएको यस कारमा आवश्यक ट्रान्सफरर्मर र टर्कका लागि उत्कृष्ट फोर ह्वील ड्राइभ सिस्टम प्रयोग गरिएको छ । यस सेग्मेन्टमा पहिलोपटक सामान्य, हिउँ परेको सडक, हिलोयुक्त सडक, घाँसयुक्त सडक र बालुवा र चट्टानयुक्त सडक गरी चारवटा मोडमा टेरेन म्यानजमेन्ट सिस्टम (टीएमएस) को प्रयोग गरिएको छ । जसले जस्तोसुकै अवस्थामा पनि गतिशील र सुविधासम्पन्न यात्राका लागि सहयोग पु-याउँछ ।

सुरक्षाका लागि ड्राइभरको घुँडाछेउको एयरब्यागसहित यस कारमा सातवटा एयरब्यागहरु राखिएका छन् । उत्कृष्ट ग्राउन्ड क्लियरेन्सका साथै ८०० मिलिमिटर वाटर वेडिङ क्षमता छ । ८ इन्च टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड एप्पल कारप्ले, गुगल अटो कम्प्याटिबललगायतका विशेषताहरु रहेका छन् । क्याविनमा आवाजलाई कम गर्ने तथा इन्जिनको ध्वनिलाई घटाउने नोइज क्यान्सिलिङ प्रविधियुक्त यस गाडीलाई बनाइएको छ । ५० प्रतिशत गाडीको छत प्यानोरेमिक सन रुफले कभर गरिएको छ ।

कम्पनीका अनुसार यसमा फ्लेग्जिबल सिट र कार्गो व्यवस्थापनको प्रयोग गरिएको छ । दोस्रो रो र तेस्रो रो सिट फोल्ड गरी २ हजार १० लिटरसम्म कार्गो होल्ड गर्न सक्दछ । ३ वर्ष वा एक लाख किलोमिटरसम्मको वारेन्टी समेत रहेको कम्पनीले जनाएको छ । कम्पनीले यसमा डिफ्युज सिल्भर, डायमन्ड वाइट र एब्सोल्युट ब्ल्याक गरी तीन कलरमा उपलब्ध गराएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x