Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगयुनिलिभरद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

युनिलिभरद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग


काठमाडौं । युनिलिभर नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । युनिलिभर नेपालका प्रबन्ध निर्देशक÷सीईओ, अम्लान मुखर्जी र संस्थापक साझेदार, रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपाल सरकारको राहत तथा पुनःस्थापना गर्ने प्रयासमा ऐक्यबद्धता जनाउँदै सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।

नेपालको सबैभन्दा ठूलो फास्ट मुभिङ कन्जुमर गुड्स कम्पनीहरूमध्ये एक युनिलिभर नेपाल सफ्टको समयमा र सामान्य परिस्थितिमा पनि नेपाली समुदायमा सकारात्मक प्रभाव पार्ने प्रेरक शक्ति रही आएको छ । कम्पनीले हालै नेपालमा भएको विनाशकारी बाढी र पहिरोका पीडितहरूलाई सहयोग गर्ने प्रयासमा संलग्न छ । हालसालै गएको विनाशकारी बाढी र पहिरोले नेपालभर निम्त्याएको यस दुःखद् घडीमा पीडित समुदायको सहयोगका लागि युनिलिभर नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत राहतको आवश्यकतामा परेका जनताहरूलाई दैनिक सरसफाईका सामग्री उपलब्ध गराएको छ । युनिलिभर नेपाल आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने उद्देश्यबाट प्रेरित रहेको जनाइएको छ ।

यस्ता प्रयासहरूमार्फत, युनिलिभर नेपालले नेपाली जनताको आवश्यकताको घडीमा साथ दिई समुदायको हित र विकासमा योगदान पु¥याउने आफ्नो प्रतिबद्धता देखाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x