क्रिएसनद्वारा नेपाल वर्ल्डका प्रतियोगीलाई प्रशिक्षण
काठमाडौं । क्रिएसन नेपालले मिसेस नेपाल वर्ल्ड २०२४ का प्रतियोगीहरूलाई प्लास्टिक फोहोरमैला व्यवस्थापन तथा चक्रीय अर्थतन्त्रको बारेमा विशेष प्रशिक्षण दिएका छन् । सोमबार आयोजित एक विशेष प्रशिक्षण सत्रमा विवाहित ममिलाहरूबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४मा सहभागी भएका प्रतियोगीहरूलाई प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्रको विषयमा विशेष प्रशिक्षण दिइएको हो ।
क्रिएसन नेपालका सचिव सुजाता कोइरालाले प्रतियोगीहरूलाई क्रिएसनले सञ्चालन गरेको गतिविधिका साथै नेपालमा देखिएको प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्रलगायतका व्यावहारिक तथा नीतिगत समस्याहरूको बारेमा अन्तरक्रियात्मक प्रशिक्षण दिएकी थिइन् । प्लास्टिकजन्य फोहोर स्वास्थ्यका लागि कति हानिकारण हुन्छ, कति प्रकारका प्लास्टिकहरू छरिएर रहेका छन्, कस्ता प्लास्टिक प्रयोग गर्दा स्वास्थ्यलाई बढी हानिनोक्सानी गर्छ, प्लास्टिक पुनःचक्रण के हो ? कसरी यसलाई चक्रीय अर्थतन्त्रमा जोड्न सकिन्छलगायतका विषयमा प्रशिक्षण सत्रले प्रतियोगीहरूलाई बुझ्न मद्धत पुग्ने सचिव कोइरालाले विश्वास व्यक्त गरिन् । उनले सहभागीहरूलाई यस्ता गम्भीर विषयहरूको बारेमा जनचेतना फैलाउन समेत आग्रह गरिन ।
त्यस्तै, क्रिएसनका परियोजना सहायक प्रियस्मा श्रेष्ठले विभिन्न किसिमको प्लास्टिकको बारेमा प्रदर्शन गर्दै प्लास्टिक पुनःचक्रण गरेर कस्ता–कस्ता वस्तुहरू बनाउन सकिन्छ भन्ने बारेमा जानकारी गराएकी थिइन् । विश्वव्यापीरूपमा बढ्दो जलवायु परिवर्तनका असर तथा दिगो विकासका लक्ष्यहरूको बारेमा ज्ञान प्राप्त गर्ने उद्देश्यका साथ क्रिएसनको कार्यालय भ्रमण तथा अवलोकन गर्न आएका प्रतियोगीहरूले प्रशिक्षणका दौरान प्राप्त गरेका ज्ञान भविष्यमा आ–आफ्नो ठाउँबाट वातावरण तथा पर्यावरण संरक्षणमा योगदान दिने बताए । उनीहरूले व्यावहारिकरूपबाट नै पर्यावरण संरक्षणका साथै दिगो विकासमा सहयोग पुर्याउनुपर्नेमा जोड दिएका थिए ।
प्रशिक्षणमा सहभागी भएका प्रतियोगीहरूले प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्रको बारेमा आ–आफ्नो स्थानबाट जनचेतना फैलाउन र क्रिएसनद्वारा सञ्चालन गरिने अभियानमा सहयोग गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरे । यस वर्षको प्रतियोगितामा गृहिणीदेखि डाक्टर, इन्जिनियर, बैंकर, मेनेजर, व्यवसायी, स्वास्थसेवी, फेसन डिजाइनर, नर्स र दुई–दुई पटक क्यान्सर जितेको महिलाहरू अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन् । यस वर्ष पनि मिसेस नेपाल वल्र्ड विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा मिसेस वल्र्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछिन् ।
रिवन इन्टरटेनमेन्टको आयोजनामा हुने मिसेस नेपाल वल्र्ड २०२४ का प्रतियोगीहरूलाई विभिन्न क्षमता अभिवृद्धि प्रशिक्षणहरू प्रदान गरिएको छ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा अगामी कात्तिक १० गते राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- शून्य कार्बन स्कुलको अवधारणा कार्यान्वयन
- ट्रायम्फ नेपालको ‘ट्रायम्फ डे : २०० मेसिन, वान प्यासन’
- ‘पठाओ कार रेन्टल’ सेवामा ट्याक्सी बुकिङ गरेर नेपालभर पुग्न सकिने
- क्रिएसनद्वारा नेपाल वर्ल्डका प्रतियोगीलाई प्रशिक्षण
- युनिलिभरद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग
- मारिकोको प्यारासुट एड्भान्स्ड बेबी नेपालमा
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकको सहयोग
- एनएमबी लघुवित्तको नायब प्रमुख कार्यकारीमा खड्का
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया