Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘पठाओ कार रेन्टल’ सेवामा ट्याक्सी बुकिङ गरेर नेपालभर पुग्न सकिने

‘पठाओ कार रेन्टल’ सेवामा ट्याक्सी बुकिङ गरेर नेपालभर पुग्न सकिने


काठमाडौं । नेपालको राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले आफ्नो नयाँ सुविधा ‘पठाओ कार रेन्टल’ सुरू गरेको छ । यस सेवामा पठाओ कार लाइटअन्तर्गत दर्ता भएका ट्याक्सीहरू उपलब्ध हुनेछन् ।

हाल काठमाडौंमा सार्वजनिक गरिएको यो सेवामा आवश्यकताअनुसार बुकिङ गरेर छोटो तथा लामो यात्राका लागि नेपालभर विभिन्न गन्तव्यसम्म पुग्न वा फर्कन समेत मिल्ने कम्पनीका निर्देशक सुरक्षा हमालले जानकारी दिइन् । रेन्टल सेवा लिनका लागि ग्राहकले कम्तीमा एक घण्टाअघि नै बुक गर्नुपर्ने र बढीमा सात दिन अगाडि बुक गर्न सक्नेछन् । यसले यात्रुहरूलाई लामो दूरीको यात्रा या घुमघामका लागि सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यस रेन्टल सेवामा ग्राहकहरूले नेपालका सबै सहरका लागि ‘राउन्ड ट्रिप’ वा ‘ड्रप’को सेवा बुक गरेर एउटै कार र चालकको साथ यात्रा गर्न सक्नेछन् । यसले ग्राहकका लागि यात्रा सहज बनाउने र चालकका लागि पनि थप कमाइको अवसर सिर्जना गर्ने हमालले बताइन् । पठाओका अन्य सेवामा जस्तै रेन्टलको यात्रामा पनि बीमा व्यवस्था गरिएको छ । साथै, रेन्टल सेवामा कुनै समस्या भएमा २४सै घण्टा कल सेन्टर सेवा उपलब्ध हुनेछ । पठाओको मोबाइल एपमार्फत सेवा बुकिङ गरी राइड एक्सेप्ट भएपछि प्रयोगकर्ताले एपमै यात्रा विवरण हेर्न सक्ने व्यवस्था गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x