Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगट्रायम्फ नेपालको ‘ट्रायम्फ डे : २०० मेसिन, वान प्यासन’

ट्रायम्फ नेपालको ‘ट्रायम्फ डे : २०० मेसिन, वान प्यासन’


काठमाडौं । ट्रायम्फ नेपालले ‘ट्रायम्फ डे : २०० मेसिन, वान प्यासन’ कार्यक्रमको आयोजना गरेको छ । काठमाडौंको नक्सालस्थित ट्रायम्फ सोरूममा आइतबार आयोजना गरिएको कार्यक्रममा नेपालकै सबैभन्दा ठूलो प्रिमियम मोटरसाइकल वितरण कार्यक्रम भएको थियो ।

कम्पनीका अनुसार एकै दिनमा २०० ट्रायम्फ मोटरसाइकलहरू डेलिभर गरिएको थियो । गत अगस्टमा लन्चपछि प्रि–बुक गरिएका मोटरसाइकलहरू हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा ट्रायम्फका स्पिड ४०० र स्क्राम्बलर ४०० एक्स मोडेल डेलिभरी गरिएको थियो । नाडा अटो सो २०२४ सार्वजनिक गरिएको यस ब्रान्डलाई लिएर ग्राहकहरू अत्यधिक उत्साह र उत्सुकता देखिएको थियो । नाडा अटो सोमा बुक गर्ने २०० ग्राहकले सो कार्यक्रममा भाग लिएका थिए । कम्पनीका अनुसार कार्यक्रममा ‘द जेन्टलम्यान्स क्लब’ को घोषणा समेत गरिएको छ, जुन ट्रायम्फ नेपालको आधिकारिक ‘कम्युनिटी ग्रुप’ हो ।

कार्यक्रममा सहभागी सबै ग्राहकहरूलाई क्लबमा दर्ता गराई विशेष सदस्यता कार्ड प्रदान गरिएको थियो । यस क्लबको पहिलो राइड चाँडै घोषणा गरिने छ, जहाँ सदस्यहरूले एकसाथ यात्रा गर्न, रमाइलो गर्न र समुदायका लागि कुनै अर्थपूर्ण कार्यमा योगदान पुर्याउनेछन् । कार्यक्रममा सो मोटरसाइकलको वितरक गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले ट्रायम्फ ब्रान्डलाई नेपाली बजारमा अझै विस्तार गर्ने प्रतिबद्धता जनाए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x