Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदिगो प्रविधिका क्षेत्रमा अनुभव आदानप्रदान गर्न अन्तर्राष्ट्रिय सम्मेलन

दिगो प्रविधिका क्षेत्रमा अनुभव आदानप्रदान गर्न अन्तर्राष्ट्रिय सम्मेलन


काठमाडौ । उन्नत पदार्थसम्बन्धी अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु भएको छ । नेपाल पोलिमर इन्स्टिच्युट, त्रिभुवन विश्वविद्यालय, कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एन्ड एप्लाइड साइन्सेस, दिनदयाल विश्वविद्यालय गोरखपुर, भारत र आईपीडब्लु जर्मनीको आयोजनामा ‘काठमाडौं सिम्पोजिया अन एडभान्स्ड मटेरियल्सको पाँचौँ शृङ्खला मंगलबारदेखि सुरु भएको हो ।

कात्तिक ८ गतेसम्म काठमाडौँको बुढानीलकण्ठमा हुने सो सम्मेलनमा दक्षिण एसियाली मुलुकका पदार्थ विज्ञानको क्षेत्रमा अध्ययन, अनुसन्धान गरिरहेका वैज्ञानिक र विश्वभरका वैज्ञानिकबीचको सहकार्यलाई स्थापित र सम्बन्ध सुदृढ गर्ने मुख्य उद्देश्य छ । सम्मेलनमा नयाँ र स्मार्ट पदार्थ, हरित र दिगो प्रविधि, चक्रिय अर्थतन्त्र, नानो÷बायो–आधारित अतिसूक्ष्म पदार्थ, टिस्यु इन्जिनियरिङ, कम्प्युटेसन प्राविधिकमा केन्द्रित छलफल हुनेछ । नेपाल पोलिमोर इन्स्टिच्युटका अध्यक्ष तथा यस सम्मेलन आयोजक समितिका संयोजक प्राडा रामेश्वर अधिकारीले नानो÷बायो, हरित र दिगो प्रविधिलगायतका पछिल्ला अनुसन्धानका क्षेत्रमा नेपालमा भए÷गरेका अध्ययन, अनुसन्धानलाई विश्व समुदायसमक्ष प्रस्तुत गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको बताए ।

सम्मेलनमा नेपाल, फ्रान्स, जर्मनी, दक्षिण अफ्रिका, जापान, भारत, अमेरिका, चीनलगायतका १६ मुलुकबाट आएका प्राध्यापक, वैज्ञानिक, अनुसन्धानकर्ता, युवा वैज्ञानिक तथा विद्यार्थी सहभागी छन् । सम्मेलनमा युवा वैज्ञानिकलाई लक्षित गरी ‘स्मार्ट र फङ्सनल पदार्थको अनुप्रयोगमा हालको प्रगति’ नामक एकदिने ‘सर्ट कोर्ष’ र नेपाल–भारत विशेष सिम्पोजियम समेत आयोजना गरिने छ । वैज्ञानिक सम्मेलनमा नेपाललगायत विश्वभरका दुई सय वैज्ञानिक सहभागी हुने र एक सय ३० वटा कार्यपत्र प्रस्तुत हुने र पोस्टर प्रस्तुति र मौखिक प्रस्तुतिका लागि युवा वैज्ञानिकलाई पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

युवा वैज्ञानिक डा शंकर खतिवडाले सम्मेलनले नेपालको पदार्थ विज्ञान र खासगरी नानो/बायो प्रविधिका क्षेत्रमा भएका अध्ययन र अनुसन्धानात्मक गतिविधिको प्रवर्द्धनका लागि योगदान पुर्याउनुका साथै नेपालका वैज्ञानिकलाई विश्वभरका वैज्ञानिकसँगको सहकार्य निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको बताए । सम्मेलन अवधिमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराल र दिनदयाल विश्वविद्यालय गोरखपुरकी उपकुलपति प्राडा पुनम टण्डनले सम्बोधन गर्ने जनाइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x