लुम्बिनी लायन्सको नयाँ क्रिकेट प्रतिभा खोज अभियान
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी क्रिकेट फ्रेन्चाइज क्लब लुम्बिनी लायन्सले युवा तथा प्रतिभाशाली क्रिकेटरहरूका लागि सुनौलो अवसर ल्याएको छ । घरेलु प्रतिभालाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धताअनुरूप लुम्बिनी लायन्सले आगामी एनपीएलको लागि आफ्नो टोलीमा चार उदीयमान खेलाडीहरूलाई सामेल गराउन लागेको हो । यसरी छनोट भएका चार खेलाडीहरूमध्ये एक जनाले ‘सुपरस्टार’को उपाधि प्राप्त गर्नेछन्, जसले नेपाल प्रिमियर लिगका अरू नामुद खेलाडीहरूसँग खेल्न पाउनुका साथै नगद पुरस्कार एक लाख रुपैयाँ पनि प्राप्त गर्नेछन् । त्यसैगरी बाँकी तीन खेलाडीहरूले ‘स्टार’को उपाधि प्राप्त गर्नेछन् । उनीहरूले लायन्स क्लबको विशेष प्रशिक्षणहरूमा सहभागी हुने अमूल्य अनुभव प्राप्त गर्नेछन् ।
विज्ञ प्रशिक्षकहरूको मार्गदर्शन र निरीक्षणमा युवा क्रिकेटरहरूको सिप निखार्दै उनीहरूलाई प्रोफेसनल क्रिकेट क्लबको हिस्सा बन्ने अवसर प्रदान गर्न यस ट्यालेन्ट हन्टको सुरुवात गरिएको क्लबले जानकारी दिएको छ । यस अवसरले युवा खेलाडीहरूलाई अनुभवी क्रिकेट खेलाडी र प्रशिक्षकहरूसँगै प्रशिक्षण र अभ्यास गर्ने अवसर प्रदान गर्दै भविष्यमा उत्कृष्ट क्रिकेटर बन्न तयार बनाउने विश्वास क्लबले लिएको छ । लुम्बिनी लायन्सका मालिक ईश्वर जिसीले यो अभियानअन्तर्गत हामीले लुम्बिनी प्रदेशका विभिन्न कुनाबाट क्रिकेटका उदीयमान तारा खोज्न कोसिस गरेको जानकारी दिए । ‘यसरी छनोट भएका लुम्बिनीका ताराहरूलाई एनपीएलमा समावेश हुने अवसर प्रदान गरिनेछ भने अन्य ३ स्टारहरूलाई पनि टिमसँगै धेरै कुरा सिक्ने मौका मिल्नेछ’, उनले भने ।
यस सुनौलो अवसरको फाइदा लिन चाहने इच्छुक युवा क्रिकेटरहरूले निश्चित आवेदन प्रक्रिया भने पूरा गर्नुपर्ने हुन्छ । लुम्बिनी लायन्सको आधिकारिक फेसबुक तथा इन्स्टाग्राम पेजमा गरिएको ट्यालेन्ट हन्टको पोस्टमा रहेको रजिस्ट्रेसन लिंकमा क्लिक गरेर आवेदन प्रक्रियाको बारेमा विस्तृत जानकारी प्राप्त गर्न सकिनेछ ।
क्लबको कोचिङ प्यानलले सबै सहभागीहरूले पठाएका भिडियोहरूको मूल्याङ्कन गरेपछि छनोट प्रक्रिया सुरु हुनेछ, जसको आधारमा खेलाडीहरूको सीपको स्तर आकलन गरिनेछ । यस मूल्याङ्कनको आधारमा छनोट गरिएका खेलाडीहरूको सूची तयार गरी उनीहरूलाई व्यक्तिगतरूपमा ट्रायलमा सहभागी हुने अवसर प्रदान गरिनेछ । यो अवसरको लागि कात्तिक १८ गतेभित्र आवेदन बुझाउनुपर्नेछ । सर्टलिस्टमा परेका आवेदकहरूको नाम कात्तिक २० गते घोषणा गरिनेछ भने ट्रायलको मिति र स्थान पनि तोकिने जनाइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6
ताजा अपडेट
- नेपालको विपद् व्यवस्थापनमा बिश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने
- प्रमुख प्रतिपक्षसहितका दलहरूले राष्ट्रपति भेटे
- रसुवागढी र तातोपानी नाका अझै ठप्प, नेपाल-चीन व्यापारमा ठूलो घाटा
- सरकारका १०० दिन : ‘सहकारी ठगलाई कारबाहीदेखि विपद्पछि राहतको कामसम्म’
- कांग्रेस र एमाले मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेखे हुन्छ: प्रधानमन्त्री
- सहकारीको रकम ठगी गर्ने भ्रष्टाचारीमाथि कारबाही हुन्छ: प्रधानमन्त्री
- काभ्रेमा सञ्चालित एक सय खानेपानी आयोजनाको एक अर्ब बराबरको क्षति
- पुन: खुम्चियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया