Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटाटाको ‘टियागो ईभी धनतेरस एक्सचेन्ज धमाका’

टाटाको ‘टियागो ईभी धनतेरस एक्सचेन्ज धमाका’


काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले टियागो ईभी धनतेरस एक्सचेन्ज धमाका आयोजना गर्न लागेको छ । धनतेरस एक्सचेन्ज धमाकामा जुनसुकै ब्रान्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो ईभीसँग साट्न सकिनेछ ।

यस वर्षको धनतेरसलाई लक्षित गरेर कम्पनीले कात्तिक ८, ९, र १० गते टियागो ईभी धनतेरस एक्सचेन्ज धमाका टाटा मोटर्सको देशैभरि रहेका सोरुमहरूमा आयोजना गर्न लागेको हो । यस मेलामा सहभागी भएर ग्राहकहरूले टियागो ईभीको हरेक बुकिङमा सुनको असर्फी वा आइफोन १६ प्रो प्राप्त गर्न सक्नेछन् । उक्त अफरहरू धनतेरस एक्सचेन्ज धमाकाको तीन दिनका लागि मात्र लागू हुने जनाइएको छ । टियागो ईभी नेपालको विद्युतीय चारपाङ्ग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने, नम्बर १ ह्याचब्याक हो । टाटा टियोगो इभी आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङका लागि सहज, किफायती र वातावरणमैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको कम्पनीको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x