एयर एसियाको सिधा बैंकक उडान
काठमाडौं । एयरएसियाले काठमाडौंबाट बैंकक, थाइल्यान्डसम्मको नयाँ सीधा उडान गर्ने भएको छ । कम्पनीले उडान सुरुवातको विशेष एक्टिभेसन कार्यक्रमहरूको समेत घोषणा गरेको छ ।
कम्पनीले हालै सिभिल मलमा एक विशेष कार्यक्रमको आयोजना गरी विभिन्न गेमहरू खेलाएको थियो । सो गेम खेलेर सय जनाभन्दा धेरैले उपहारहरू जितेका थिए भने बालबालिकाहरू फेसपेन्ट र बल पुलमा रमाए । एक जना भाग्यशाली विजेताले बम्परमा आकर्षक उपहार जिते र अझै पनि बैंकक भ्रमणमा जान सक्ने योजनाको प्रतियोगिता जारी रहेको छ । कम्पनीले छाया सेन्टर, ठमेल र सिभिल मल, सुन्धारामा सो कार्यक्रम आयोजना गरिसकेको छ भने १६ नोभेम्बरमा के एल टावर, चाबहिलमा र ३० नोभेम्बर, लबिम मल ललितपुरमा कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
कार्यक्रमहरूमा आगन्तुकले बैंककको लागि निःशुल्क राउन्ड ट्रिप टिकट जित्ने र विभिन्न आकर्षक खेलहरूको आनन्द लिने र रोमाञ्चक उपहारहरू जित्ने मौका पाउनेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एयर एसिया स्टेसन म्यानेजर निवेश शाक्यले ग्राहकहरूका लागि बैंककको सिधा उडानहरू ल्याउन पाउँदा हामी उत्साहित भएको बताए । ‘यी कार्यक्रमहरूलाई हामीले ग्राहकहरूसँग रमाउने र एयरएसियासँगको यात्राको अनुभव बाढ्ने माध्यमका रूपमा लिएका छौँ’, उनले भने । नेपालका सबै यात्रुहरूलाई एयर एसियासँग आफ्नो यात्राको अनुभव बाँड्न र रमाइला कार्यक्रमहरूमा भाग लिन कम्पनीले आग्रह गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- एयर एसियाको सिधा बैंकक उडान
- टेक्नोले गर्यो नेपाली बजारमा स्पार्क थटी स्मार्टफोन सार्वजनिक
- नारायण ज्वेलर्सको ‘ज्यालामा अदिकतम छुट अफर’
- ग्लोबल आइएमई बैंक र आईसीआईसीआई बैंक क्यानाडाबीच सहकार्य
- सिद्धार्थ बैंकका ग्राहकहरूलाई दुसित थानी हिमालयन रिसोर्टमा छुट
- कुमारी बैंकको तिहार तथा छठ क्यासब्याक अफर सञ्चालनमा
- ज्योति विकास बैंकका ग्राहकहरूलाई ठमेल प्लाजा होटलमा छुट
- एनएलजी इन्स्योरेन्सको विशेष सभा सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया