Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरेड्मी प्याड प्रो ५जी र रेड्मी प्याड एसई ट्याब्लेट सार्वजनिक

रेड्मी प्याड प्रो ५जी र रेड्मी प्याड एसई ट्याब्लेट सार्वजनिक


काठमाडौं । स्मार्टफोन ब्रान्ड शाओमीले नेपाली बजारमा दुई नयाँ ट्याब्लेटहरू रेड्मी प्याड प्रो ५जी र रेड्मी प्याड एसई ८.७ ४जी सार्वजनिक गरेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनास्वीले दुई स्मार्टफोन लन्च गर्दै शाओमीले प्रयोगकर्ताहरूको विविध आवश्यकता पूरा गर्न लगातार नयाँ उत्पादन ल्याउँदै आएको बताए । रेड्मी प्याड प्रो ५जी र रेड्मी प्याड एसई ८.७ ४जीको नेपालमा लन्च गर्नुको मुख्य उद्देश्य प्रयोगकर्तालाई यड्भान्स्ड प्रविधि उपलब्ध गराउनु रहेको उनको भनाइ थियो । कम्पनीका अनुसार रेड्मी प्याड प्रो ५जीले उच्च गुणस्तरको प्रदर्शन र मनोरञ्जनात्मक अनुभव प्रदान गर्छ । यसको १२ दशमलव एक इन्चको अल्ट्रा–क्लियर डिस्प्ले १६ः१० एस्पेक्ट रेसियो र एक सय ४९ पीपीआईको रिजोल्युसनको साथ आउँछ । यस्तै, एक सय २० हर्ट्जको एडाप्टिभ रिफ्रेस रेट र ६०० निट्सको याच बी यम ब्राइटनेसले हरेक कन्टेन्टलाई स्मुथ बनाउने कम्पनीले जनाएको छ ।

यस ट्याब्लेटमा स्न्यापड्र्यागन ७एस जेन २ प्रोसेसर रहेको छ । १० हजार एमएएच क्षमताको ब्याट्री र ३३वाट फास्ट चार्जिङ सपोर्टले १४ दशमलव ४९ घण्टासम्म एचडी भिडियो प्लेब्याकको सुविधा पनि दिन्छ, जसले न्यूनतम विद्युत् खपतमा उत्कृष्ट प्रदर्शन प्रदान गर्दछ । चारवटा स्टीरियो स्पिकर र डल्बी एटमस सपोर्टले घरमै सिनेमाजस्तो अडियो अनुभव प्रदान गर्छ । वाई–फाई ६ई, डुअल सिम, डुअल ५जी सपोर्ट र शाओमी हाइपरओएसको साथमा यस ट्याब्लेटले क्रस–डिभाइस मल्टिटास्किङ र कनेक्टिभिटीलाई सहज बनाउँछ । यसको मेटालिक फिनिस र कोर्निङ गोरिल्ला ग्लासले स्टाइल र टिकाउपनाको पनि प्रदान गर्छ । रेड्मी स्मार्ट पेन र रेड्मी प्याड प्रो किबोर्डजस्ता एक्सेसरीहरूले यस ट्याब्लेटलाई थप प्रोडक्टिभ बनाउन मद्दत गर्ने कम्पनीले जनाएको छ ।

यसैगरी रेड्मी प्याड एसई ८.७ ४जी ८.७ इन्चको एलसीडी डिस्प्ले र हल्का डिजाइनमा रहेका छ । यसमा ८४ दशमलव ४१ प्रतिशत स्क्रिन–टु–बडी रेसियो र छ सय निट्सको ब्राइटनेस रहेको छ । मिडियाटेक हेलियो जी ८५ प्रोसेसरद्वारा सञ्चालित यस ट्याब्लेटले प्रयोगकर्ताको हरेक कार्यलाई स्मुथ बनाउँछ । यसमा ६ जीबीको ¥याम र ९० हर्ट्जको रिफ्रेस रेटले वेब ब्राउजिङका साथै गेम र स्ट्रिमिङको अनुभवलाई पनि सहज बनाउने कम्पनीले जनाएको छ । छ हजार छ सय ५० एमएएच ब्याट्री र १८ वाट फास्ट चार्जिङ सपोर्टले यस ट्याब्लेटलाई लामो समयसम्म चलाउन सकिन्छ । यसको स्क्रिन टियुभी रेइनल्यान्ड आई कम्फर्ट सर्टिफाइड छ । १२८जीबी आन्तरिक स्टोरेज र २टीबीको एक्सप्यान्डेबल स्टोरेज सपोर्टले फाइल र मिडियाका लागि पर्याप्त ठाउँ दिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार रेड्मी प्याड प्रो ५जी ग्रेफाइट ग्रे र मिन्ट ग्रिन रंगमा तथा उपलब्ध रहेको छ । यसको मूल्य ६+ १२८जीबीको ३९ हजार ९९९ रुपैयाँ र ८+ २५६जीबीको ४४ हजार ९९९ रुपैयाँ तोकिएको छ । यसैगरी रेड्मी स्मार्ट पेनको मूल्य छ हजार ४९९ रुपैयाँ रहेको छ भने रेड्मी प्याड प्रो किबोर्ड पनि छ हजार ४९९ मूल्यमा उपलब्ध रहेको छ । यस्तै, रेड्मी प्याड एसई ८.७ ४जी ग्रेफाइट ग्रे, स्काई ब्लु र अरोरा ग्रिनमा उपलब्ध छ । यसको मूल्य भने १९ हजार ९९९ रुपैयाँ रहेको छ । यी सबै ट्याब्लेटहरू नेपालभरिका सबै एमआई स्टोर तथा शाओमीका आधिकारिक खुद्रा विक्रेता पसलहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x