स्विच अन रिटेलकोे पाँचौँ सोरुम सञ्चालन
काठमाडौं । घरायसी इलेक्ट्रोनिक्स सामान र मोबाइल फोनहरूको विक्रेता स्विच अन रिटेलले आफ्नो पाँचौँ सोरुम सञ्चालनमा ल्याएको छ ।
यो नयाँ सोरूम वीरगञ्जको माईस्थान चोकमा सञ्चालनमा ल्याइएको हो । उक्त सोरुमको वीरगञ्ज नगरपालिकाका मेयर राजेश मान सिंह र स्विच अन रिटेल प्रालिका प्रबन्ध निर्देशक सीमा गोल्छाद्वारा गरिएको थियो । वडाध्यक्ष जय प्रकाश अग्रवालको पनि कार्यक्रममा उपस्थिति थियोे । विगत पाँच वर्षदेखि, स्विच अनले मोबाइल फोन, टिभी, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर र विभिन्न अन्य घरायसी विद्युतीय उपकरणहरू किन्नका लागि विश्वासिलो गन्तव्यको रूपमा आफ्नो प्रतिष्ठा कायम गरेको छ । सोरुमहरूले ग्राहकहरूको सुविधाका लागि किस्ताबन्दी सुविधा र एक्सचेन्ज कार्यक्रम पनि प्रदान गर्छ, जसले ग्राहकहरूलाई पुराना उपकरणहरू नयाँसँग साट्न सहजता
प्रदान गर्छ ।
स्विच अन रिटेलले हाल काठमाडौं उपत्यकाभित्र नक्साल, न्युरोड र भक्तपुर गट्ठाघर गरी तीन सोरुम र उपत्यकाबाहिर नेपालगञ्ज समेत गरी चार सोरुम सञ्चालन गरिरहेको छ । गोल्छाले कम्पनीले गुणस्तरीय इलेक्ट्रोनिक्स सामानहरू उपलब्ध गराउँदै ग्राहक सेवाहरूजस्तै किस्ताबन्दी, एक्सचेन्ज कार्यक्रमसहितको सेवा वीरगञ्ज क्षेत्रमा पनि प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन् । गोल्छाले किस्ताबन्दी योजनाको सहजताबारे जानकारी दिँदै किस्ताबन्दी योजना ग्राहकमैत्री र सजिलो रहेको बताइन् । उनका अनुसार यसमा ब्याज वा सेवा शुल्क लाग्दैन र यो योग्य ग्राहकहरूका किस्ताबन्दी प्रक्रिया ३० मिनेटभित्रै पूरा गर्ने हाम्रो प्रतिबद्धता छ । स्विच अन सोरुमहरूमा सामसङ, हिमस्टार, ग्लान्ज, अहुजाजस्ता प्रसिद्ध ब्रान्डका सामानहरू उपलब्ध छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- विभिन्न नाम र स्वरुपमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधिहरु उचित नरहेको सत्तारुढ गठबन्धनको निष्कर्ष
- कसरी हुन्छ सङ्गठित अपराधको अनुसन्धान, सहकारी ठगी कस्तो अपराध हो ?
- दैनिक जीवनसँग जोड्ने गरी प्राविधिक शिक्षा उपलब्ध गराउनुपर्छ: मन्त्री भट्टराई
- कुरिनटार जाँदै गरेको भ्यान दुर्घटना
- सरकारको सय दिनको कामप्रति कांग्रेस सन्तुष्ट छ: सभापति देउवा
- अधिकार सम्पन्न भूमि आयोग गठन हुन्छ: मन्त्री अधिकारी
- बाढीपहिरोबाट निधन भएका फुटबल खेलाडीका परिवारद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
- डेङ्गी नियन्त्रणका लगि देशभरका कार्यालयमा सरसफाइ अभियान
धेरैले पढेको
- राजमार्ग र पुल पुनर्स्थापनाका लागि आवश्यक १५ अर्ब बजेट व्यवस्थापनमा सरकार अन्यौल
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया