Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेल फाउन्डेसनले माग्यो सामाजिक कार्यका लागि आवेदन

एनसेल फाउन्डेसनले माग्यो सामाजिक कार्यका लागि आवेदन


काठमाडौं । एनसेल फाउन्डेसनले सामाजिक विकासका कार्यहरू गर्नका लागि आवेदन खुला गरेको छ । एनसेलको १९औँ वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको ‘नाइन्टिन फर नाइन्टिन’ पहलअन्तर्गत, समुदायमा अर्थपूर्ण र दिगो प्रभाव पार्ने परियोजनाहरू कार्यान्वयन गर्न फाउन्डेसनले योग्य संस्थाहरूलाई अनुदानको लागि आवेदन दिन माग गरेको हो ।

गत वर्ष १८औँ वार्षिकोत्सवको अवसरमा सुरु गरिएको ‘एटिन फर एटिन’ कार्यक्रमअन्तर्गतका परियोजनाहरू प्रदेशस्तरमा सञ्चालनमा रहेका छन् । यस पहलअन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण, विपद् तयारी तथा प्रतिकार्य, जीविकोपार्जन सहयोगलगायतका क्षेत्रमा परियोजनाहरू लागू गरिनेछन् । यसअन्तर्गत सात प्रदेशमा कुल १९ वटा परियोजना छानिने छन् भने छनौटमा परेका प्रत्येक एक परियोजनालाई १० लाख रुपैयाँ अनुदान प्रदान गरिनेछ । यस पहलका लागि कुल योगदान एक करोड ९० लाख रुपैयाँको हुनेछ । एनसेल फाउन्डेसनले गैर–नाफामूलक स्थानीय संघसंस्थाहरूलाई उनीहरूले कार्य गरिरहेका क्षेत्रमा रहेका चुनौतीहरू तथा समस्या समाधान गर्न अनुदान अर्थात् परियोजना प्रस्ताव पेश गर्न आमन्त्रण गरेको हो ।

एनसेल फाउन्डेसनले स्पष्ट उद्देश्य, समुदायको सक्रिय सहभागिता र परियोजनाको प्रभाव विस्तार हुने सम्भावना भएका परियोजनाहरूलाई प्राथमिकता दिनेछ । ‘एनसेल फाउन्डेसनमा हामी अर्थपूर्ण परियोजनामार्फत समुदायको विकास र परिवर्तनमा विश्वास गर्छाैँ । हामी समुदायस्तरमा काम गरिरहेका संघसंस्थाहरूलाई यस परियोजनाको लागि आवेदन दिन प्रोत्साहन गर्दछौँ’, एनसेलकी कर्पोरेट कम्युनिकेसन र सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन् । ‘नाइन्टिन फर नाइन्टिन पहलमार्फत हामी झण्डै दुई दशकदेखि हाम्रो यात्रामा साथ दिने हाम्रा समुदायहरूलाई लाभ हुने खालको सामाजिक परियोजनाहरू कार्यान्वयन गर्न प्रतिबद्ध छौँ । यो पहलले स्थानीयस्तरमा महत्वपूर्ण र दिगो परिवर्तनहरू ल्याउन मद्दत पु¥याउने विश्वास लिएका छौँ ।’

गत वर्षको ‘एटिन फर एटिन’ पहलले देशभर विभिन्न सामाजिक परियोजनाहरू सञ्चालन गर्न सहयोग गरेको छ । यस वर्षका परियोजनाहरूले समुदायलाई सशक्त बनाउँदै दिगो विकास लक्ष्यका उद्देश्यहरू हासिल गर्न लागि योगदान पु¥याउने उद्देश्य राखेको छ । अनुदान अर्थात् परियोजना प्रस्तावका लागि आवेदन दिन इच्छुक योग्य संघसंस्थाहरूले एनसेल फाउन्डेसनको वेबसाइटमा गई ‘एप्लाई फर ग्रान्ट’मा क्लिक गरेर आवेदन दिन सक्छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x