स्काई वर्थद्वारा बधाञ्जली ट्रेडलाई सम्मान
काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रालिले बधाञ्जली ट्रेडलाई सम्मान गरेको छ । कम्पनीले हालै सुरू गरेको ‘स्काई वर्थ सपना साकार’ योजनाअन्तर्गत बधाञ्जली ट्रेड डिलर पार्टनर रहेको छ । काठमाडौंको चन्डोलमा रहेको बधाञ्जली ट्रेडले सो योजनाका लागि महत्वपूर्ण सहयोग गरेको भन्दै स्काईवर्थले बधाई र सम्मान गरेको हो । बधाञ्जली ट्रेडबाट चौथो हप्ताको लक्की ड्र विजेताले स्काईवर्थ उत्पादन खरिद गरेका थिए । साथै, उक्त अवसरमा स्मार्ट एप्लाएन्सेस प्रालिका उपमहाप्रबन्धक अमित बज्राचार्यले बधञ्जली ट्रेडका सञ्चालक विकल भट्टराईलाई कदरस्वरूप माइक्रोवेभ ओभन उपहार दिएका थिए । उक्त उपहार केएल दुगड ग्रुपले प्रदान गरेको थियो ।
यस फेस्टिभल योजनाले एक जना भाग्यशाली ग्राहकलाई बम्पर पुरस्कारको स्वरूप एमजी कमेट ईभी पेस कार जित्ने अवसर पनि प्रदान गरेको छ । साथै, ४० प्रतिशतसम्म छुट र निःशुल्क उपहारहरू पनि रहेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- स्काई वर्थद्वारा बधाञ्जली ट्रेडलाई सम्मान
- तिहारमा बससेवाले टिकट बुकिङमा पाँच प्रतिशतसम्म छुट दिने
- ग्लोबल आइएमई बैंक ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित
- ‘अर्थतन्त्रलाई गतिशील बनाउन सम्पत्ति व्यवस्थापन महत्वपूर्ण’
- प्रभु क्यापिटलद्वारा विश्व लगानीकर्ता सप्ताह मनाउँदै
- काठमाडौंवासीलाई बाह्रैं महिना पानी खुवाउने मन्त्री यादवको प्रतिबद्धता
- कीर्तिपुरमा एक महिला मृत फेला
- अलैँचीको मूल्यमा केही सुधार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया