Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएकैपटक दर्जनौँ हाइगर बस नेपाली बजारमा

एकैपटक दर्जनौँ हाइगर बस नेपाली बजारमा


काठमाडौं । आरामदायी पर्यटक सवारीका रुपमा डेढ दशकदेखि नेपालको पर्यटन क्षेत्रमा आधिपत्य जमाउँदै आएको हाइगर बसको लोकप्रियता पछिल्लो समय ह्वात्तै बढेको छ । पर्यटक आगमनमा आएको बहारसँगै सुविधासम्पन्न सवारीसाधनको खोजीमा रहेका पर्यटन व्यवसायीले माग गरेपछि एकैपटक दर्जनौँ हाइगर बस नेपाली बजारमा भित्रिएका छन् ।

नेपालमा आक्र्स ग्रुपले चीनमा निर्मित हाइगर बस बिक्री गर्दै आएको छ । आक्र्स ग्रुपले हालै राजधानीमा आयोजित विशेष समारोहमा पर्यटन व्यवसायीहरूलाई हाइगर बसको साँचो हस्तान्तरण गरेको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका आर्थिक तथा वाणिज्य काउन्सलर सिए यु र आक्र्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत रजुल श्रेष्ठले विभिन्न ट्राभल व्यवसायीहरूलाई हाइगर बसको साँचो हस्तान्तरण गरेका हुन् ।

नेपालमा उपलब्ध रहेका हाइगर बस हाल ३५ सिट क्षमताका छन् भने व्यवसायीको मागअनुसार ठूला बस पनि उपलब्ध गराउन लागिएको आक्र्स ग्रुपका अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले सन् २०१३ मा नेपाली बजारमा हाइगर बस भित्रिएसँगै पर्यटन क्षेत्रमा सुविधासम्पन्न बस उपलब्ध गराउने प्रतिस्पर्धा चलेको र त्यसमा हाइगर नै व्यवसायीको पहिलो रोजाइमा पर्न सफल भएको बताए ।
हाइगर बस संसारका दुई सयभन्दा बढी देशहरूमा निर्यात हुँदै आएको छ । नेपालमा पनि हालसम्म एक सयभन्दा बढी बसहरूको बिक्री भइसकेको छ । बसमा इञ्जिन पछाडि रहेका कारण पर्याप्त लगेज स्पेस रहेको छ । नेपालको पर्यटन क्षेत्रलाई लक्षित गरी आयात गरिएका हाइगर बसले यस क्षेत्रको प्रवद्र्धनका निमित्त प्रभावकारी भूमिका खेल्ने र आरामदायी यात्राका कारण पर्यटकले नेपाललाई हेर्ने दृष्टिकोण नै फरक पर्ने आक्र्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत रजुल श्रेष्ठ बताउँछन् । हाइगर बस नेपालको भौगोलिक अवस्था र बाटोको अवस्थाअनुरूप रहेका हुँदा नेपाली बजारमा थप लोकप्रिय हुने उनको भनाइ छ । उनका अनुसार बसमा पूर्ण एअर कन्डिसन र लक्जरियस सिटहरूका अतिरित्त बे्रक लगाउँदा आवाज नआउनेलगायतका सुविधा रहेका छन् ।

हाइगरका बसमा १८ महिना अथवा एक लाख २० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गरिने कम्पनीले जनाएको छ । यस्तै, बिक्रीपछिको सेवालाई ध्यानमा राखेर कम्पनीले वर्कसप तथा स्पेयर्स पार्ट्सको पर्याप्त व्यवस्था गरेको छ । हाइगर बस हस्तान्तरण समारोहमा चिनियाँ दूतावासका अधिकारीहरू तथा विभिन्न व्यापारिक क्षेत्र र बैंकिङ क्षेत्रका अतिथिहरू सहभागी थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x