एनसेल कर्पाेरेट गल्फको उपाधि शेर्पा एडभेञ्चरलाई
काठमाडौं । शेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङले गोकर्ण गल्फ क्लबमा हालै आयोजित एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् । यो जोडीले १० स्ट्रोक अन्डर पार ६२ को उल्लेखनीय स्कोरसहित उपाधि हात पारेको हो ।
विजेताले दुबईको चार वटा राउन्ड टिकट, कलअवेको आइरन सेट तथा ह्याम्पर्स प्राप्त गरेका छन् । यस्तै, मुस्ताङ ग्लफ क्लबबाट इन्द्रधरा विष्ट र माधव सिम्खडाले नौ होलमा सिक्स अन्डर पार ३० को स्कोरसहित दोस्रो स्थान बनाए । उपविजेताले कलअवे एआई स्मोक ड्राइभर्स, आईप्याड र गिफ्ट ह्याम्पर पाएका छन् । लिओन मोटर्सका विजय श्रेष्ठ आइनहाउस र फुरसाङले तेस्रो स्थान बनाए भने उनीहरुले कलअवेको गल्फ ब्याग र ह्याम्पर्स प्राप्त गरे । व्यक्तिगततर्फ विजय श्रेष्ठ आइनहाउसले लंगेस्ट ड्राइभतर्फ रेन्जफाइन्डर र गिफ्टह्याम्पर प्राप्त गरेका छन् । यस्तै प्रविण शाही ठकुरीले क्लोजेस्ट टु दि पिन अर्वाडसँगै रेन्जफाइन्डर र ह्याम्पर्स प्राप्त गरे ।
विजेतालाई एनसेलका प्रमुख कार्यकारी अधिर्कत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ तथा गोकर्ण गल्फ कोर्सका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कार हस्तान्तरण गरेका थिए । एनसेलले प्रतियोगिताकी लागि संकलन गरेको प्रवेश शुल्कको रकमलाई म्याच गरेर दोब्बर बनाउने प्रतिबद्धता जनाएको छ । यो रकम एनसेल फाउन्डेसन मार्फत देशभरका विद्यार्थीहरूलाई एजुकेसनल किट उपलब्ध गराउन प्रयोग गरिनेछ ।
प्रतियोगितामा कुल ५५ टिमको सहभागिता थियो । जसमा स्ट्रोक प्ले, फोरबल बेटर बल फर्मेट थियो । एनसेलले यो प्रतियोगिताबाट संकलन गरेको प्रवेश शुल्क एनसेल फाउन्डेसनमार्फत सामाजिक तथा परोपकारी कार्यमा योगदान गर्नेछ । यसका लागि एनसेलले हरेक टिमबाट संकलन गरेको प्रवेश शुल्कको कुल संकलित रकममा थपेर ३० लाख रुपैयाँ बनाएर सामाजिक कार्यमा खर्च गर्नेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- नवीकरणीय ऊर्जा प्रवर्द्धनमा मन्त्री खड्काको जोड
- राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती बुधबार मनाइने
- पर्यटकीयस्थल हम्पालमा विद्युतीकरण
- ४६ अंकले उक्लियो शेयर बजार, सबै सुचक हरियो
- चौबिस फरार प्रतिवादी पक्राउ
- विपद् प्रभावितलाई लत्ताकपडा वितरण
- विपद् व्यवस्थापनका लागि वातावरणीय र भौगर्भिक अध्ययन हुनुपर्छ: मन्त्री दाहाल
- कृषि वैज्ञानिकलाई बालीमा लाग्ने नयाँ रोग र समस्या पत्ता लगाउन आग्रह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया