Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनवाईईएफ स्टार्टअप अवार्ड ४.० का लागि आवेदन खुला

एनवाईईएफ स्टार्टअप अवार्ड ४.० का लागि आवेदन खुला


काठमाडौं । नेपाली युवा उद्यमी मञ्च(एनवाईईएफ) काठमाडौं च्याप्टरले चौथो संस्करण एनवाईईएफ स्टार्टअप अवार्ड ४.० को शुभारम्भको घोषणा गरेको छ । यो प्रतियोगिता नेपालको नवप्रवर्तनशील उद्यमीहरूलाई चिनाउने र सशक्त पार्ने उद्देश्यले आयोजना गरिएको हो ।

स्टार्टअप अवार्ड ४.० उद्यमीहरूलाई आफ्नो व्यावसायिक विचारहरू प्रस्तुत गर्न, उद्योगका नेताहरूसँग नेटवर्क बनाउन र आफ्नो व्यवसायलाई नयाँ उचाइमा पु¥याउन मार्गदर्शन प्रदान गर्ने प्लेटफर्म हो । विगतका संस्करणहरूमा विजेता बनेका डाक्टर्स अन कल, करोबार एप, गली म्याप्स, पेट मामा, र डेलिस डेरीजस्ता स्टार्टअपहरूले उल्लेखनीय सफलताहरू हासिल गरेका छन् । यसमा सहभागी स्टार्टअपहरूले अनुभवी उद्यमी र उद्योगका विज्ञहरूको सघन मार्गदर्शन, नेपालभरिका अन्य उद्यमीहरू, लगानीकर्ता र विशेषज्ञहरूसँग नेटवर्क बनाउने मौका, स्टार्टअपलाई सशक्त र व्यावसायिक उचाइमा पुर्याउन आवश्यक सहयोग पाउनेछन् ।

साथै, उत्कृष्ट प्रदर्शन गर्ने स्टार्टअपहरूले क्रमशः चार लाख, दुई लाख र एक लाख रुपैयाँ नगद पुरस्कार जित्ने अवसर पाउनेछन् । प्रतियोगिता एक संरचित छनोट प्रक्रियामा आधारित हुनेछ, जसमा प्रारम्भिक चरणमा २० आशाजनक स्टार्टअपहरूको छनोट गरिनेछ । प्रतियोगिताको अन्त्यमा डेमो डे हुनेछ, जहाँ सात जना फाइनलिस्टहरूले प्रतिष्ठित निर्णायकहरूको सामु आफ्नो व्यावसायिक विचारहरू प्रस्तुत गर्नेछन् । आवेदनहरू २०२४ नोभेम्बर १५ मा बन्द हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x