Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसाटो पहिलोपटक औपचारिकरूपमा नेपाली बजारमा

साटो पहिलोपटक औपचारिकरूपमा नेपाली बजारमा


काठमाडौं । विश्व वजारमा उपभोक्ताको विश्वास जित्न सफल टास्ने र जोडने काममा प्रयोग हुने साटो पहिलोपटक औपचारिकरूपमा नेपाली बजारमा आएको छ । नेपालका लागि यसको आधिकारिक विक्रेता ट्राइनोक्स एडेसिभ प्राइभेट लिमिटेडले काठमाडौंमा एक कार्यक्रम गरी साटोलाई सार्वजनिक गरेको हो ।

कम्पनीले आफ्नो ब्रान्ड एम्बासेडरमा वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेललाई नियुक्त समेत गरेको छ । कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक सञ्जय सिंघानीयाले विश्वभरका ग्राहकहरूको मन जित्दै छोटो समयमै लोकप्रिय भएको साटो ब्रान्डले नेपाली उपभोक्तको पनि विश्वास जित्न सफल हुने दाबी गरे । भारत, चीन, हङकङ, कतार, दुबई र हाल नेपालसम्म आफ्नो बजार विस्तार गरेको साटो विश्वसनियता र स्थायित्वको प्रतिमूर्ति बन्न सफल भएको कम्पनीका निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत सुजित मधोगोरियाले बताए । अत्याधुनिक उत्पादन एकाइहरू र उच्चस्तरीय प्रविधिको प्रयोग गर्दै, साटोले मिक्सिङ, ब्लेन्डिङ र प्याकेजिङका लागि स्वचालित प्रणालीको प्रयोगबाट गुणस्तरीय उत्पादन गर्दै आएको छ । अनुसन्धान र विकासको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै, साटोले टास्न प्रयोग हुने उत्पादनहरूको आविष्कार र सुधारमा निरन्तर काम गरिरहेको छ ।

साटोको उत्पादन शृङ्खलामा उच्च गुणस्तरीय वुड एडहेसिवहरू रहेका छन् । यी उत्पादनहरू विशेषरूपमा टिकाउ, जलप्रतिरोधी र सहज प्रयोगका लागि डिजाइन गरिएका छन्, जसले विभिन्न प्रकारका सामग्रीहरूलाई मजबुत र दीर्घकालीन बनाउँछ । साटो उत्पादनहरूको विशेषताहरूमा क्रसलिङ्किङ टेक्नोलोजी, दुई प्रतिशत अतिरिक्त ठोस सामग्री, उच्च कभरेज, छिटो सेटिङ समय र डी तीन वाटरपुफ्र समावेश गरिएको छ । आफ्ना सामग्रीको उत्पादन र बजारीकरणसम्मको क्रममा गुणस्तरमा कुनै सम्झौता नगर्ने कम्पनीको दाबी छ । आईएसओ प्रमाणपत्र समेत पाइसकेको साटोले युरोपियन स्टान्डर्ड २०२१ जस्ता प्रमाणपत्रहरू पनि प्राप्त गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x