हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
काठमाडौं । मोटरसाइकल ब्रान्ड हिरोले दशैँतिहारलाई लक्षित गरी ल्याएको अफरअन्तर्गत पाँच लाख रुपैयाँ क्यासब्याक जित्ने बिजेताको नाम घोषणा गरेको छ । कम्पनीले ल्याएको ‘एक्कासी मालामाल दशैँतिहार अफर’अन्तर्गत राम किशुन यादवले पाँच लाख रुपैयाँ नगद क्यासब्याक जितेका हुन् ।
कम्पनीका अनुसार यादवले सिटी ट्रेड कर्नर लहान सोरुमबाट हिरोको स्प्लेन्डर प्लस मोडल किनेका थिए । कम्पनीले ‘एक्कासी मालामालः ‘दशैँतिहार २०८१ को बहार, दुई चक्के किन्दा चार चक्के उपहार’ अफर ल्याएको थियो । उक्त अफरअन्तर्गत हिरो ब्रान्डको जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा स्क्रयाच कार्डद्वारा नगद पाँच लाखसम्म जित्ने मौका थियो । साथै, बम्पर उपहारमा ‘नेटा भि ईभी कार जित्न सकिनेछ । नेपालमा सिजी मोटर्सले हिरो सोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ ।
त्यस्तै, कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदमा पाँच वर्षे वारेन्टीको घोषणा समेत गरेको छ । कम्पनीका लोकप्रिय उत्पादन सुपर स्प्लेन्डर, स्पलेण्डर प्लस, एक्स पल्सका साथै नयाँ जुम एक सय १० स्कुटर बिएस सिक्स एसआई सिज मोटर्सले नेपालमा भित्र्याएको छ । साथै, सो उत्पादनमा युनिक फिचर समेत रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया