Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकेटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’

केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’


काठमाडौं । केटिएम नेपालले हालसालै बहुप्रतिक्षित ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’ कार्यक्रम सफलतापूर्वक समापन गरेको छ । कम्पनीले भक्तपुरको एडभान्स राइडिङ एकेडेमीमा आयोजना गरेको सो २ दिने कार्यक्रममा २५० भन्दा बढी मोटरसाइकल प्रेमीहरूलाई केटिएमका विभिन्न मोडेलहरूको रोमाञ्चक अनुभव र ‘हट ल्याप च्यालेन्ज’ मा सहभागी हुने अवसर प्रदान गरिएको थियो ।

कार्यक्रमको पहिलो दिन सहभागीहरूले विशेष रूपले तयार गरिएको ट्रयाकमा केटिएम २०० ड्युक, २५० ड्युक, २०० आरसि, र ३९० ड्युक मोडेलहरू टेस्ट राइड गर्ने अवसर पाएका थिए । साथै अनुभवी राइडरहरूले प्रशिक्षण सत्रहरू सञ्चालन गरेका थिए, जसले सहभागीहरूलाई सवारी सीप र सुरक्षा सम्बन्धी महत्त्वपूर्ण सुझावहरू प्रदान गर्दै थप रोमाञ्चक र जानकारीमूलक बनाएको थियो । दोस्रो दिन ‘हट ल्याप च्यालेन्ज’ आयोजना गरिएको थियो जहाँ प्रतिस्पर्धीहरू प्रो रेसरहरू, अमेच्योरहरू, र महिला गरी ३ समूहमा विभाजित गरिएका थिए । सहभागीहरूले छ–छ ल्यापको टाइम ट्रायलमा प्रतिस्पर्धा गरेका थिए, यसमा हरेक समूहमा सबैभन्दा छिटो समय निकाल्ने प्रतिस्पर्धीहरूलाई सम्मानित गरिएको थियो ।

यो कार्यक्रमले नेपालमा मोटरसाइकलप्रेमीहरूको समुदायलाई केटिएमको प्रतिबद्धता झल्काउने उत्कृष्ट अवसर प्रस्तुत गरेको छ । यसले सवारी सीपमा सुधार र रोमाञ्चक प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्न सफल बनाएको कम्पनीको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x