‘पठाओ पोइन्ट्स’ र रियल टाइम ‘पठाओ पार्सल’ डेलिभरी सेवा
काठमाडौं । पठाओले ग्राहकका लागि ‘पठाओ पोइन्ट्स’ र नेपालभर रियल टाइम पार्सल डेलिभरी सेवा विस्तार गरेको छ । पठाओ पोइन्ट्स सुविधाबाट ग्राहकले पठाओका कुनै पनि सेवा प्रयोग गर्दा लाभस्वरूप पठाओ पोइन्ट्स प्राप्त गर्नेछन् ।
ग्राहकले पठाओको राइड, अर्डर र अन्य सेवामा गर्ने खर्चको दश प्रतिशत बराबर पोइन्ट्स पाउनेछन्, जसलाई विभिन्न पठाओ सेवा प्रयोग गर्दा रिडिम गर्न सकिने जनाइएको छ । पोइन्ट्स प्रयोग गर्न ग्राहकले पठाओ एपको होम पेजको ‘पोइन्ट्स’ ट्याबमा जानुपर्ने हुन्छ । त्यहाँ जम्मा भएका पोइन्ट्स हेर्न र रिडिम गर्न सकिनेछ । पोइन्ट्स रिडिम गरी पठाओका सेवामा छुट दिलाउने मात्र नभई, पठाओसँग आबद्ध रेस्टुरेन्ट, पार्टनर र अन्य व्यवसायमा पनि छुट पाउनेछन् । ग्राहकले क्युआर कोड स्क्यान गरी लाभ लिन सक्नेछन् ।
पठाओले ग्राहकका लागि फरक पोइन्ट्सअनुसार फरक स्तर पनि राखिएको छ । ब्रोन्ज, सिल्वर, गोल्ड, र प्लेटिनमस्तरमा विभाजित यी लाभकास्तरले ग्राहकको जम्मा पोइन्ट्सअनुसार छुट र सुविधामा वृद्धि गर्दै लैजानेछ । ग्राहकको स्तर जतिमाथि पुग्छ, उति नै विशेष लाभ पाउन सकिने यो योजनाबाट ग्राहकलाई थप आकर्षित गराउने लक्ष्य कम्पनीले राखेको छ ।
यस्तै, पठाओले काठमाडौं उपत्यकाबाहिर पनि रियल टाइम पार्सल डेलिभरी सेवा विस्तार भएको छ । अब ग्राहकले आफ्नो सहरभित्र रहेका अन्य व्यक्तिलाई साना कुरियरजस्ता प्याकेज, डकुमेन्ट, गिफ्ट, घरायसी सामग्री र खरिद गरिएका सामान तुरुन्त पिकअपसहित पठाउन सक्नेछन् । यो सेवा विस्तारले पठाओको प्रभावकारी सेवा काठमाडौंबाहिरका सहरमा समेत पुर्याउनेछ । कम्पनीले सुपर एप बन्ने योजनाअनुसार ग्राहक सुविधालाई ध्यानमा राख्दै विभिन्न सेवा तथा सुविधा थप गरिरहेको पठाओ नेपालका निर्देशक सुरक्षा हमाले बताइन् । नयाँ योजनाले ग्राहकलाई थप लाभान्वित गर्नुका साथै नेपालमा डिजिटल सेवाको क्षेत्रमा नयाँ मापदण्ड कायम गर्ने कम्पनीले विश्वास लिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- बाल्ट्रा नेपालकोे कौशलटारमा नयाँ रिटेल आउटलेट
- ‘पठाओ पोइन्ट्स’ र रियल टाइम ‘पठाओ पार्सल’ डेलिभरी सेवा
- एभरेस्ट कलरले आईपीओ जारी गर्ने
- ज्योति विकास बैंक र दराजबीच सम्झौता
- सिटिजन्स क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम
- एनआईएमबी एस क्यापिटलको ‘विश्व लगानीकर्ता सप्ताह २०२४’
- नेपाल बैंक र एएसजी आई केयर एन्ड हेल्थ सर्भिसेजबीच सम्झौता
- एनआईसी एसिया क्यापिटलको वित्तीय साक्षरता कार्यक्रम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया