टीभीएसको बाइक खरिदमा उतीम लाल साहले जिते नगद १० लाख
काठमाडौं । टीभीएसको बाइक खरिद गर्दा जनकपुरका उतीम लाल साहले नगद १० लाख पाँच हजार रुपैयाँ जितेका छन् । नेपालीहरूको महान चाड दशैँ, तिहार र छठका अवसरमा टीभीएसद्वारा आयोजित ‘टीभीएससँग नयाँ युगको आरम्भ २०२४“ उपहार योजनाअन्तर्गत साहले बाइक खरिद गर्नुअघि पाँच हजार र खरिदपश्चात १० लाख रुपैयाँ जित्न सफल भएका हुन् ।
साहका साथै महाएक्सचेन्ज मेला, भृकुटीमण्डपमा टीभीएसको सवारी साधन खरिद गर्दा टेकराज गुरुङले पाँच लाख पाँच हजार रुपैयाँ जित्न सफल भएका छन् । उनले खरिदअघि पाँच हजार रुपैयाँ र खरिदपश्चात पाँच लाख जित्न सफल भएका हुन् । महाएक्सचेन्ज मेला, भृकुटीमण्डपमै टीभीएसको सवारी साधन खरिद गरेका प्रकाश अधिकारीले सवारी साधनको खरिदमा ५० प्रतिशत क्यासब्याक र खरिदअघि पाँच हजार रुपैयाँ जित्न सफल भए्को जानकारी दिइएको छ । त्यसैगरी, बागेश्वरी अटोमोटिभ्स, धनगढीमा टीभीएसको सवारी साधन खरिद गरेका सञ्जित चौधरीले २५ प्रतिशत क्यासब्याक र खरिदअघि पाँच हजार रुपैयाँ जित्न सफल भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै, ‘टीभीएससँग नयाँ युगको आरम्भ २०२४’ उपहार योजनाअन्तर्गत हालसम्म दुई जनाले नगद एक लाख, चार जनाले नगद ५० हजार, १० जनाले नगद २५ हजार, १५ जनाले नगद १५ हजार र १८ जनाले नगद पाँच हजार रुपैयाँ जित्न सफल भइसकेका छन् ।
नेपालमा दुईपाङ्ग्रे सवारी साधनको क्षेत्रमा अग्रणी ब्रान्ड टीभीएसले उपहार योजनाअन्तर्गत टीभीएसको नेपाल भर रहेका अधिकारिक विक्रेतामार्फत टीभीएसका सवारी साधन खरिद गरेका उपभोक्ताहरू मध्य नगद उपहार जित्न सफल भाग्यशाली विजेताहरूको घोषणा गरेको हो । टीभीएससँग नयाँ युगको आरम्भ, उपहार योजना देशभरका टीभीएसका सवारी साधनका लागि आधिकारिक बिक्री केन्द्रहरूमार्फत आयोजना भइरहेको छ । उपहार योजनामा ग्राहकहरूको उत्साहपूर्ण सहभागिताका भइरहेकोे कम्पनीले बताएको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले नगद पुरस्कार, क्यासब्याक र प्रि–पर्चेज बोनसजस्ता विविध पुरस्कारहरू जित्ने अवसर प्राप्त गरिरहेका छन् ।
टीभीएस नेपालले सम्पूर्ण विजेताहरूलाई बधाई दिँदै । उत्साहजनक सहभागीताका लागि आभार व्यक्त गरेको छ । यस मेलालाई सफल बनाउन सहयोग गर्ने हरेक ग्राहकलाई धन्यवाद दिंदै, कम्पनीले योजना कायम रहेको र यस योजनामा सहभागिता जनाई मौकाको उल्लेख्य फाइदा लिन सबैलाई आग्रह गरेको छ । साथै, आगामी दिनहरूमा पनि अझ उत्कृष्ट र रोचक सवारीसाधनसँगै ग्राहकलाई थप आकर्षक अफरहरू ल्याइरहने प्रतिबद्धता ब्यक्त गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
- २ किलो सुन सहित एक युवक पक्राउ
- दुर्गा प्रसाईंका समर्थकद्वारा कोटेश्वरमा प्रदर्शन
- वीरगञ्जबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, १७ जना घाइते
- बगेर खेर गइरहेछ भोटको नुन
- आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु
- नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ: अर्थमन्त्री पौडेल
- भद्रकालीबाट एमाले जागरण सभाको र्याली प्रारम्भ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया