Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसिप्रदीले हस्तान्तरण गर्यो टाटा एलपीओ१६२२-६२

सिप्रदीले हस्तान्तरण गर्यो टाटा एलपीओ१६२२-६२


काठमाडौं । नेपालको लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले पत्थर डाँडा रुपन्देहीमा, आज एक कार्यक्रमका बीच १० वटा अत्याधुनिक र सुविधासम्पन्न बस हस्तान्तरण गरेको छ ।

कम्पनीले टाटा एलपीओ १६२२/६२ बीएस६ माग्ना बसहरू त्रिशक्ति पशुपति दर्शन यातायात प्रालिलाई हस्तान्तरण गरेको छ। त्रिशक्ति पशुपति दर्शन यातायात प्रालि पश्चिम नेपाल बस व्यवसायी प्रालि र भेरी यातायात प्रालिजस्ता दुई ठूला समितिको सहकार्यमा सञ्चालनमा आएको हो ।

कम्पनीबाटै जडान गरेर आएको ४४ वटा अल्ट्रा लग्जरी युचुरा सिट र एसीसहितको यो गाडी पहिलो चरणमा लुम्बिनी प्रदेशदेखि दिल्लीसम्मको अन्तर्देशीय यात्राको लागि सञ्चालनमा आउनेछ। कार्यक्रममा बोल्दै समितिका अध्यक्ष इन्द्र पुनले भविष्यमा गन्तव्यहरू अझै बढाउने सोच रहेको जनाएका छन् ।

टाटा एलपीओ १६२२/६२ बीएस६ माग्ना बसमा अत्याधुनिक प्रविधि र बीएस६ मानक प्रयोग भएको कम्पनीले उल्लेख गरेको छ । यसमा रहेका विशेष फिल्टरले कण उत्सर्जन घटाउने र आधुनिक इन्जिन डिजाइनले इन्धन खपतलाई प्रभावकारी बनाउने कम्पनीको दाबी छ । बीएस६ गाडीमा ओबीडी प्रणालीले इन्जिन र उत्सर्जन समस्याहरू सजिलै पत्ता लगाउने कम्पनीले उल्लेख गरेको छ ।

सिप्रदीका अनुसार एससीआर प्रणालीले नाइट्रोजन अक्साइड उत्सर्जन कम गर्छ। यी गाडीहरू स्वच्छ, उच्च गुणस्तरको इन्धनमा चल्छन्, जसले प्रदूषण घटाउँछ र कार्यक्षमता बढाउँछ । “अत्याधुनिक बीएस६ इन्जिन, लक्जरीयुक्त सिट र लामो दूरीका लागि विशेषरूपमा तयार पारिएका यी माग्ना गाडीहरूले पर्यटकीय विकासमा विशेष टेवा पुर्याउने विश्वास लिइएको छ । साथै, अन्तर्देशीय यात्रा यति सुगम हुँदा दुई देशबीच सांस्कृतिक आदानप्रदान र धार्मिक सहिष्णुता अझ बढ्नेछ,’ हस्तान्तरण कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ्ग प्रालि कमर्सियल युनिटका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकालले भने । यस अन्तर्देशीय यातायातको थालनीले सबैमा नयाँ हर्ष र आशा जागेको कार्यक्रममा उपस्थित विभिन्न व्यवसायीको तर्क थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x