विमानस्थलको सञ्चालन समय घटाउँदा ३० प्रतिशत उडान कटौती हुने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गर्न दैनिक १० घण्टा उठान बन्द गरिने भएपछि ३० प्रतिशत उडान कटौती हुने वायु सेवा सञ्चालक संघले जनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले यही कात्तिक २३ गतेदेखि करिब पाँच महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्दैछ । जसका कारण साविकको ‘उडान समय’ घटाई बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गर्ने ‘नोटिस टू एयर म्यान’ (नोटाम) जारी गरेको छ ।
मर्मत कार्यका लागि विमानस्थल बन्द गरिँदा ३० प्रतिशत उडान बन्द हुने र ठूलो घाटा ब्यहोर्नुपर्ने भन्दै वायु सेवा सञ्चालक संघले स्तरोन्नति कार्य तदारुक्ताका साथ निर्धारित समयमै गर्न विज्ञप्ति जारी गरेर माग गरेको छ ।
संघले विमानस्थल स्तरोन्नति निर्धारित समयमा सम्पन्न नभएमा सदस्य वायुसेवा कम्पनीहरू आर्थिक घाटामा गई कम्पनी नै बन्द गर्नुपर्ने अवस्था सृजना हुनसक्नेतर्फ ध्यानाकर्षण गराएको छ । ‘सन् २०२५ को वसन्त ऋतुसम्म पनि निर्माणकार्य सम्पन्न नभएको खण्डमा सदस्य वायुसेवा कम्पनी अत्याधिक आर्थिक घाटामा गई कम्पनी नै बन्द गर्नुपर्ने अवस्था सृजना हुन जानेतर्फ सम्बन्धित सरोकारवाला निकाय चनाखो भई स्तोरोन्नति तदारुक्ताका साथ गरिदिनुहुन संघ जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
विमानस्थल सञ्चालनको समय घटाउँदा सदस्य वायुसेवा कम्पनीको करिब ३० प्रतिशत उडानसमेत कटौती हुने भए पनि विमानस्थलको विस्तार तथा पूर्वाधार निर्माणको विषयमा संघ सँधै सकारात्मक रहेको उल्लेख गरेको छ । पूर्वाधार निर्माणपश्चात् सदस्य वायुसेवा कम्पनी तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज आउजाउ तथा ट्राफिकमा समेत दिर्घकालीन रूपमा सहज, सरल तथा सुविधा हुने विश्वास गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 1
ताजा अपडेट
- अमेरिकी सेनाका इण्डो प्यासिफिक कमाण्डका उप कमाण्डर जर्नेल काठमाडौंमा
- प्राइम बैंकको डेपुटी जनरल म्यानेजरमा सुमितबाबु खत्री
- कुँवर असोसियोको उपाध्यक्ष निर्वाचित
- दराज ११.११ मा ८० प्रतिशतसम्म छुट पाइने
- हुन्डाई आयोनिक ५ ईभी अब एक सय किलोवाटमा
- काठमाडौंमा स्टार्टअप एन्ड आइडिया फेस्ट हुँदै
- समय सिमा सकिए पनि कुलमानले बुझाएनन् उर्जा मन्त्रालयलाई १५ बुदे विवरण
- अमेरिकी उपराष्ट्रपति ह्यारिसद्वारा हार स्वीकार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया