दराज ११.११ मा ८० प्रतिशतसम्म छुट पाइने
काठमाडौं । नेपालको ई–कमर्स प्लेटफर्म, दराजले आफ्नो बहुप्रतिक्षित सेल दराज ११.११को आयोजना गर्दैछ । नेपालमा वर्षकै ठूलो सेलका रूपमा परिचित दराज ११.११ यस वर्ष, नोभेम्बर ११ देखि २१ सम्म आयोजना हुने भएको छ ।
बहुप्रतिक्षित यस सेलमा थप आकर्षण थप्न यस वर्ष फ्ल्यास सेलमार्फत ८० प्रतिशतसम्म छुट, देशभर निःशुल्क डेलिभरी सुविधा र तीन करोड रूपैयाँसम्मका भौचरहरूका साथै अविश्वसनीय छुटलगायत सुविधाहरू समेत उपलब्ध हुने कम्पनीले जनाएको छ । ‘ग्राहकहरूको वर्षभरको प्रतीक्षालाई सार्थक पार्ने सोचका साथ यस वर्षको दराज ११.११ सेलमार्फत हामीले हाम्रा ग्राहकहरूलाई अद्वितीय किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएका छौँ’, प्रबन्ध निर्देशक, दराज नेपाल, आँचल कुँवरले बताइन्, ‘यस सेलले ग्राहकहरूका लागि अप्रत्याशित छुटहरू उपलब्ध गराउनुका साथै हजारौँ स्थानीय विक्रेताहरूलाई आफ्ना पृथक उत्पादनहरू प्रदर्शित गर्ने मौका प्रदान गर्नेछ । साथै, हाम्रो बृहत्त सञ्जालमार्फत देशभरका उपभोक्ताहरू माझ तिनका
पृथक उत्पादनहरू उपलब्ध गराउन तथा उपभोक्ताहरूलाई स्थानीय ब्रान्डहरूको उत्कृष्ट सामानहरू खोज्न सघाउने हाम्रो विश्वास छ ।’
विविध सामग्रीहरूका विस्तृत शृङ्खला र ब्रान्डेड उत्पादनहरू मध्य विशाल छनौटको अवसरसँगै, दराज ११.११ किनमेलको लागि एक अतुलनीय गन्तव्य हो । यस वर्षको दराज ११.११ सेलका लागि दराज नेपालले सात ओटा डाइमन्ड ब्रान्ड पार्टनरहरू राखेको छ, जसमा सेटाफिल, रोहोतो मेन्थोलाटम, मसलब्लेज, जुभारा, बोट, एडिडास, र बाल्ट्रा समावेश छन् ।
प्लेटिनम पार्टनरहरूमा टेक्नो, परफेट्टी, ग्रिनलाइफ एक्स्पिरियन्स, एंकर्स, डा. शेत, र एवीबी रहेका छन् । साथै, गोल्ड ब्रान्ड पार्टनरहरूमा भ्यान्स, मुनस्टार, अस्ताबुल्फ, इप्लाजा, मामाअर्थ, पिलग्रिम र जेब्रोनिक्स रहेका छन् ।
यसैगरी, दराजले १० वटा बैंक र दुई वटा वालेट पार्टनरहरूसँग मिलेर ११.११ सेलमा प्रिपेमेन्टमार्फत २५ सयसम्मको छुटहरू प्रदान गर्ने व्यवस्था पनि गरेको छ । यी बैंकका डेबिट कार्डमार्फत डिजिटल प्रिपेमेन्ट गर्दा ग्राहकहरूले १५ प्रतिशत छुट, अधिकतम दुई हजारसम्म, प्राप्त गर्न सक्ने दराजले जानकारी दिएको छ । साथै, क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २० प्रतिशत छुट, अधिकतम २५ सयसम्म प्राप्त गर्न सक्ने ब्यवस्था गरिएको छ ।
ग्राहकहरू नबिल बैंक, हिमालयन बैंक, सनिमा बैंक, एभरेस्ट बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, ज्योति विकास बैंक, र महालक्ष्मी विकास बैंक मार्फत उपर उल्लिखित छुट पाउन सक्नेछन् । त्यस्तै, आफ्नो ई–सेवा र आईएमई पे वालेटमार्फत प्रिपेमेन्ट गर्ने ग्राहकहरूले पनि दराज ११.११ को विभिन्न समयमा छुट प्राप्त गर्न सक्नेछन् ।
यी रोमाञ्चक अफरहरूका साथै, यस अभियानमार्फत दैनिक रूपमा ११, १११ र ११११ रूपैयाँका डिलहरू पनि सेलमा रहनेछन् । खरिदकर्ताहरूले रु. ६९९, रु. ९९९, रु. १९९९ र २९९९ रूपैयाँभन्दा कममा उत्कृष्ट डिल्स पाउन सक्नेछन् । साथै, दराज ११.११ सेल अवधिभर कम्तीमा ३५ सय रूपैयाँको सामग्री खरिद गर्ने एक भाग्यशाली खरिदकर्ताले प्यानासोनिकको तीन लाख ५० हजार रूपैयाँ मूल्य बराबरको घरायसी सामग्रीको सेट जित्न सक्नेछन् । थप पाँच जना ग्राहकहरूले कामाख्या डेकोर, बागमती प्लास्टिक्स, सेटाफिल, मामाअर्थ, र जिना अल्केमीका तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरू पनि जित्न सक्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
- २ किलो सुन सहित एक युवक पक्राउ
- दुर्गा प्रसाईंका समर्थकद्वारा कोटेश्वरमा प्रदर्शन
- वीरगञ्जबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, १७ जना घाइते
- बगेर खेर गइरहेछ भोटको नुन
- आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु
- नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ: अर्थमन्त्री पौडेल
- भद्रकालीबाट एमाले जागरण सभाको र्याली प्रारम्भ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया