Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाली आईटी कम्पनी इन्फोडिवेलपर्स जापानमा सम्मानित

नेपाली आईटी कम्पनी इन्फोडिवेलपर्स जापानमा सम्मानित


काठमाडौं । नेपालको सूचना प्रविधि कम्पनी इन्फोडिवेलपर्स प्राइभेट लिमिटेड जापानमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । एसियन–आसियान कम्युटिङ इन्डस्ट्रिज एसोसिएसन (एसोसियो)को आयोजनामा जापानमा सम्पन्न २०२४ को डिजिटल समिटमा प्राइभेट सेक्टर श्रेणीमा ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको हो ।

इन्फोडेभलपर्सका संस्थापक तथा मार्केटिङ, इनोभेसन तथा स्टार्टेजी निर्देशक उमेश रघुवंशीलाई अवार्ड हस्तान्तरण गरिएको थियो । नेपालमा सरकारी सेवाहरूको डिजिटल रूपान्तरणमा इन्फोडिवेलपर्सको उल्लेखनीय योगदानको कदर गर्दै विशेषगरी गभर्नमेन्ट टु बिजनेस (जीटूबी) र गभर्नमेन्ट टु सिटिजन (जीटूसी) अन्तरक्रियामा सुधार ल्याउनका लागि कम्पनीले गरेको योगदानको लागि प्रदान गरिएको हो । एसोसियो एसियाका २४ राष्ट्रहरूको सूचना प्रविधिका संस्थाहरूको अन्तर्राष्ट्रिय महासंघ हो । संस्थाले हरेक वर्ष उत्कृष्ट कार्य गर्ने संस्था, कम्पनी तथा व्यक्तिहरूलाई सम्मान गर्ने गरेको छ । यो पुरस्कार एसोसियो डिजिटल सम्मेलनमा प्रदान गरिएको हो ।

सम्मेलनमा एसिया–प्यासिफिक क्षेत्रका डिजिटल प्रविधिका उद्योगको नेतृत्वहरू, नवप्रवर्तकहरू र विज्ञहरूको सहभागिता रहेको थियो । सम्मेलन डिजिटल क्षेत्रमा भएका उत्कृष्ट उपलब्धिहरूको सम्मान गर्ने मञ्चको रूपमा स्थापित छ । इन्फोडिवेलपर्सको पहिचान नेपालमा सार्वजनिक क्षेत्रको डिजिटाइजेसन गर्ने प्रणालीहरूको सेवा प्रदान गर्दै आएको छ । कम्पनीले उन्नत फिनटेक र आईसीटी समाधानहरूले सरकारी प्रणालीसँग एकीकरण गरेर सार्वजनिक सेवाहरूमा दक्षता, पारदर्शिता र पहुँचमा सुधार ल्याउँदै आइएको छ । डिजिटल गभर्नमेन्ट अवार्ड प्राप्त गर्नु इन्फोडिवेलपर्सको नवप्रवर्तन र उत्कृष्टतामा प्रतिबद्धताको नतिजाको रूपमा लिएको कम्पनीले जनाएको छ ।

कम्पनीको टोलीको समर्पण, जोस र विशेषज्ञताले काम गरेको प्रमाण हो, जसले नेपालका सरकारी क्षेत्रहरूमा अत्याधुनिक प्रविधि समाधानहरू ल्याउन निरन्तर प्रयास जारी रहने इन्फोडेभलपर्सले जनाएको छ । कम्पनीका निर्देशक रघुवंशी यस पुरस्कारले नेपालका कम्पनीहरूको वैश्विक डिजिटल पारिस्थितिकी तन्त्रमा बढ्दो भूमिका देखाउने बताउँछन् । इन्फोडिवेलपर्स प्राइभेट लिमिटेड सन् २००२ मा स्थापित, एक प्रमुख फिनटेक र आईसीटी समाधान प्रदायक कम्पनी हो, यसले अत्याधुनिक वित्तीय प्रविधि, सफ्टवेयर विकास र आईटी परामर्श सेवामा विशेषज्ञता राख्ने गर्छ ।

कम्पनीले बैंक तथा वित्तीय संस्थाहरू, सरकारी तथा सरकारी क्षेत्रलाई कम्पनीले सेवा प्रदान गर्दै आइरहको छ । कोर बैंकिङ प्रणाली, मोबाइल बैंकिङ प्रणाली, एआई–चालित स्वचालन उपकरणहरू र ग्राहक सेवा र सञ्चालन कार्यक्षमता सुधार गर्न अनुकूलित सफ्टवेयर समाधानहरूमा केन्द्रीत रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x