Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसिंगापुुरमा हुुने एसिया इकोनोमिक फोरममा उद्योग संगठन मोरङ सहभागी हुने

सिंगापुुरमा हुुने एसिया इकोनोमिक फोरममा उद्योग संगठन मोरङ सहभागी हुने


काठमाडौं । उद्योग संगठन मोरङको १४ सदस्यीय प्रतिनिधि मण्डल एसिया इकोनोमिक फोरममा भाग लिन सिंगापुरतर्फ प्रस्थान गरेको छ । संगठनले सीआईएम डेलिगेसन मिसन टु सिङ्गापुर नामक मिसनमा टोली सहभागी हुन लागेको जानकारी गराएको छ ।

एसिया प्रशान्त क्षेत्रका २७ भन्दा बढी देशका व्यापारिक समुदायहरू सहभागी हुने कन्फेडेरेसन अफ एसिया प्यासिफिक चेम्वर अफ कमर्स एन्ड इन्डस्ट्रिज र सिङ्गापुर म्यानुफ्याक्चरिङ एसोसिएसनको संयुक्त आयोजनामा हुन लागेको हो । कात्तिक २६ र २७ गते सिंगापुरमा हुने इकोनोमिक फोरम तथा ३८औँ क्यासी कन्फेरेन्समा संगठनको प्रतिनिधि मण्डलले सहभागिता जनाउने संगठनका अध्यक्ष राकेश सुुरानाले जानकारी दिए । एसिया इकोनोमिक फोरममा सहभागिता, उत्कृष्ट चेम्बर अवार्ड ग्रहण, कोशी प्रदेश लगानी सम्मेलन २०८१ मा लगानीकर्ताहरूलाई आमन्त्रण गर्न र संगठनले आयोजना गर्ने विराट एक्स्पो २०२५ को प्रचारप्रसार तथा कोशी पर्यटन वर्ष २०८२ को प्रचारप्रसार गर्नेगरी चार वटा उद्देश्य तय गरी टोली सिङ्गापुर प्रस्थान गरेको अध्यक्ष राकेश सुरानाको भनाइ छ ।

उक्त सम्मेलनमा विश्वव्यापी व्यापार, एआई प्रविधि र नवप्रवर्तन प्रभाव, दिगोपन, विश्वव्यापीरूपमा प्रभाव पार्ने महत्वपूर्ण विषयहरूमा विशेषज्ञहरूको नेतृत्वमा छलफल हुनेछ । त्यसैगरी व्यापार, आपूर्ति शृङ्खला र अन्य व्यापारिक विषयहरूका साथै एसिया प्रशान्त क्षेत्रका प्रमुख व्यापारिक साझेदारबीच विश्वव्यापी व्यापारको भविष्यका बारेमा अनुभवहरू साटासाट गर्ने कार्यक्रम रहेको अध्यक्ष सुुरानाले जानकारी दिए । सम्मेलनको दोस्रो दिन १०औँ क्यासी उत्कृष्ट लोकल चेम्बर अवार्ड बिग चेम्बर क्याटेगोरीको विजेताको रूपमा चयन हुन सफल उद्योग संगठन मोरङलाई औपचारिक समारोहमा ट्रफी र युयस डलर दुुई हजार राशीको पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको छ ।

एसिया प्रशान्त क्षेत्रका बिजनेस लिडर, लगानीकर्ताहरूको बृहत् सहभागिता रहने उक्त फोरमलाई अवसरका रूपमा प्रयोग गर्दै संगठनले कोशी प्रदेशका लगानीका सम्भावनाहरूबारे एसिया फोरमका सहभागीहरूलाई जानकारी गराउने कार्यक्रम रहेको बताइएको छ । अद्वितीय लगानीको सम्भावना रहेको कोशी प्रदेशमा लगानीका लागि कोशी प्रदेश सरकारका तर्फबाट कोशी प्रदेश लगानी सम्मेलन २०८१ मा औपचारिक आमन्त्रण पनि गरिने अध्यक्ष सुरानाको भनाइ छ । आगामी माघ ११, १२ र १३ मा विराटनगरमा आयोजना हुने लगानी सम्मेलनमा अन्तर्राष्ट्रिय फोरममा प्रचारप्रसार गर्न र आमन्त्रण गर्न प्रदेश सरकारले संगठनलाई अनुरोध गरेको अध्यक्ष सुरानाले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x