Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालका लागि चिनियाँ राजदूत ‘द क्लिफ’मा

नेपालका लागि चिनियाँ राजदूत ‘द क्लिफ’मा


काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सोङले द क्लिफ नेपालको अवलोकन भ्रमण गरेका छन् । राजदूत छनसहितको टोलीले शुक्रबार साहसिक पर्यटनको हब क्लिफ पुगेको कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

क्लिफको अवलोकनपश्चात राजदूत छनले क्लिफका साहसिक गतिविधिमा रमाउन मन भए पनि समयका कारण सम्भव नभएको बताए । त्यसका लागि अर्को पटक क्लिफ आउने उनको भनाइ छ । राजदूत छनसहितको टोलीको भ्रमणले कम्पनी र कर्मचारीलाई नयाँ ऊर्जा मिलेको अध्यक्ष कार्कीको भनाइ छ । भ्रमणमा गण्डकी प्रदेशका पूर्वपर्यटन मन्त्री विकास लम्साललगायतको सहभागिता थियो । राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बागलुङको बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालनमा छ । पछिल्लो समय एडभेञ्चर हबको रुपमा विकास हुँदै गएको द क्लिफमा साहसिक गतिविधि खेल्नका लागि देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन् । यसअघि द क्लिफमा विभिन्न मन्त्री तथा सरकारका पदाधिकारीहरूले समेत अवलोकन भ्रमण गरिसकेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x