Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगराष्ट्रिय व्यापार संघद्वारा कर्जाको ब्याज मिनाहा गरिदिन आग्रह

राष्ट्रिय व्यापार संघद्वारा कर्जाको ब्याज मिनाहा गरिदिन आग्रह


काठमाडौं, असार २४
राष्ट्रिय व्यापार संघ काठमाडौंले कर्जाको ब्याज मिनाहा गरिदिन सरकारसँग माग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रण तथा तथा रोकथामको लागि सरकारले चैत ११ गतेदेखि पूर्णरुपमा लकडाउन गरेको र हाल आंशिक रुपमा लकडाउन खुुकुको गरे पनि कर्जाको ब्याज तिर्नसक्ने अवस्था नभएको भन्दै संघले कर्जाको ब्याज मिनाहा गरिदिन सरकार र नेपाल राष्ट्र बैंकसमक्ष आग्रह गरेको हो ।

‘यतिखेर नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको अन्तिम तयारीमा रहेको र यो अवस्थामा राष्ट्र बैंकले व्यवसायीलाई कोभिड–१९ बाट परेको आर्थिक क्षतिबाट केही हदसम्म भए पनि राहत दिनको लागि नीगितरुपमा नै कर्जाको ब्याज छुुट दिने व्यवस्था गर्नुुपर्छ’, संघका महासचिव वैकुुण्ठ दाहालले भने, ‘संघअन्तर्गत देशको सबै जिल्ला तथा क्षेत्रका व्यवसायीहरु रहेका छन् । काठमाडौं उपत्यकामा मात्र संघअन्तर्गत एक हजारभन्दा बढी व्यापारीहरु रहेका छन् ।

कोभिड–१९ का कारण यी सबै व्यापारीहरुको व्यवसायीक जीवन कष्टकर बन्दै गएको छ । यो अवस्थामा हामीलाई आर्थिक सहुुलियत दिनुु राज्यको दायित्व हो । मौद्रिक नीति व्यापारी व्यवसायमैत्री भएर आउनुपर्छ भन्ने हाम्रो माग हो, कोरोनाले थला पारेको व्यवसायलाई यसले उकास्न सक्नुुपर्छ ।’ लकडाउनका कारण व्यवसाय चौपट भएकाले कमसेकम लकडाउन अवधि भरको वित्तीय संस्थाको ब्याज मिनाहा हुुनुुपर्ने र बैंकको किस्ता तिर्नुुपर्ने समय पनि थप पर्ने संघका महासचिव दाहालले बताए ।

कोरोनाले थला परेको व्यवसायलाई ब्युँताउनुु सरकारको मुख्य दायित्व रहेको भन्दै उनले सरकारले पुनर्कर्जाको व्यवस्था गर्नुको साथै सरल र विना झन्झट कर्जाको व्यवस्था गर्नुपर्ने बताए । संघले व्यावसायिक पुनरुत्थानको लागि व्यापारी व्यवसायीलाई प्यान वा भ्याट दर्ताको आधारमा विना धितो कर्जाको व्यवस्था गर्न पनि राष्ट्र बैंकसमक्ष माग गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x