भिभो वाई १९एस सार्वजनिक
काठमाडौं । भिभोले वाई सिरिजको पछिल्लो स्मार्टफोन, भिभो वाई १९एस नेपालमा सार्वजनिक गरेको छ । यो फोनले आकर्षक डिजाइन र मनोरञ्जनात्मक विशेषताहरू प्रस्तुत गरेको जनाएको छ । भिभो वाई १९एसले डाइनामिक लाइटसहितको स्टाइलिस डिजाइन प्रस्तुत गर्दै स्मार्टफोनको सौन्दर्यलाई नयाँ उचाइमा पुर्याएको छ । फोनको क्यामेरा मोड्युलसँग सुन्दररूपमा मिलाइएको यो अभिनव ब्रिदिङ लाइट फिचरले सूचनाहरूको लागि मात्र नभई, प्रयोगकर्ताहरूको दैनिक जीवनमा आउने विभिन्न परिदृश्यहरू अनुकूलन गर्ने सुविधा प्रदान गर्छ । भिभो वाई १९एस दुई आकर्षक रङ भेरियन्टहरूमा उपलब्ध छ, जसले बनावट र प्रकाश प्रतिबिम्बको अद्वितीय खेल प्रस्तुत गर्छ । पर्ल सिल्भर मोडेलले इरिडेसन्ट कोटिङ प्रयोग गरेर इन्द्रणीका रङहरूको चमकदार दृश्य दिन्छ, जबकि डायमन्ड ब्ल्याक संस्करणले डायमण्डजस्तो चमक दिने सूक्ष्म र आकर्षक बनावट समेटेको छ । यी रंग विकल्पहरूले फोनलाई स्टाइलिस बनाउनुका साथै प्रयोगकर्ताहरूलाई आफ्नै शैलीअनुसार छनोट गर्ने अवसर दिन्छ ।
भिभो वाई १९एस एक अद्वितीय दृश्य–अनुभवको लागि डिजाइन गरिएको छ । यो फोनमा छ दशमलव ६८ इन्चको ९० हर्ट्ज डज डिस्प्ले छ, जसले प्रत्येक टच र ग्रिपलाई एक नयाँ अनुभव प्रदान गर्छ । भिभो वाई १९एसको स्क्रिन ब्राइटनेस १००० निट्ससम्म पुग्न सक्छ, जसले विभिन्न प्रकाश अवस्थाहरूमा पनि उत्कृष्ट दृश्य अनुभव प्रदान गर्छ । यस फोनको स्क्रिनमा टीयुभी राइनल्यान्ड लो ब्लु लाइट प्रमाणीकरण पनि समेटिएको छ, जसले आँखालाई हानिकारक निलो प्रकाशबाट सुरक्षा प्रदान गर्छ । डुअल स्टेरियो स्पिकरको साथ तीन सय प्रतिशत अडियो बुस्टर सुविधा पनि रहेको भिभो वाई १९एसले एक अद्वितीय अडियो–भिजुअल अनुभव प्रदान गर्छ ।
भिभो वाई १९एस ५१५० एमएएच ब्याट्रीसँग सुसज्जित छ, जसले विस्तारित गेमिङ र पूर्ण दिनको आउटिङका लागि पर्याप्त शक्ति प्रदान गर्छ । यसको स्थायित्वको लागि यस्मा चार वर्षको ब्याट्री हेल्थ ग्यारेन्टी दिइएको छ । यसले १६ सय चार्ज साइकलपछि पनि कम्तीमा ८० प्रतिशत क्षमताको साथ ब्याट्रीलाई मजबुत राख्छ । भिभो वाई १९एसले एसजी एस ड्रप रेसिस्टेन्ट र मिलेट्री ग्रेड सर्टिफिकेसन प्राप्त गरेको छ, जसले फोनलाई भित्र र बाहिरबाट मजबुत बनाउँछ । यसको आईपी ६४ रेटिङले यसलाई धुलो र पानीको छिटाबाट सुरक्षित राख्छ । भिभो वाई १९एसले ५० एमपी मुख्य क्यामेराको साथमा पोर्टेट र रात्री मोडको विशेषताहरू समेटेको छ, जसले क्रिस्टल स्पष्ट तस्बीरहरू खिच्न र रोमाञ्चक फोटोग्राफी अनुभव गर्न मद्दत पुर्याउँछ ।
भिभो वाई १९एसले आकर्षक डिजाइन र शक्तिशाली प्रदर्शनको संयोजन प्रस्तुत गरेको छ, जसले यसलाई स्मार्टफोन बजारमा एक विशेष विकल्प बनाएको छ । यो दुई भेरियन्टमा उपलब्ध छ । ४/१२८ जीबी स्टोरेजको मूल्य १६ हजार नौ सय ९९ रुपैयाँ र ६/१२८ जीबी स्टोरेजको मूल्य १८ हजार चार सय ९९ रुपैयाँ रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया