Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङ ग्यालेक्सी ए१६ फाईभजी नेपालमा

सामसङ ग्यालेक्सी ए१६ फाईभजी नेपालमा


काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी ए१६ फाईभजी नेपालमा सार्वजनिक गरेको छ । नयाँ किफायती मिडरेन्ज नयाँ ग्यालेक्सी ए१६ फाइभजी नोभेम्बर ९ मा ओटाकु जात्रामा लन्च गरिएको थियो । गायक वाङ्देन शेर्पाले सिल्भर ओक बैंक्वेटमा ओटाकु जात्रामा ए १६ फाईभजी सार्वजनिक गरेका हुन् ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले आफ्नो सेग्मेन्टमा छ पुस्ताको ओएस अपग्रेड र छ वर्षको सुरक्षा अपडेटहरू ए१६ फाईभजीले उपलब्ध गराएको बताए । सामसाङले ग्यालेक्सी ए१६ फाईभजीलाई ए–सिरिजको सबैभन्दा पातलो मिड–रेन्ज उपकरणको रूपमा प्रस्तुत गरेको छ । यसको मोटाई मात्र सात दशमलव नौ एमएम रहेको छ । यसको पातलो, स्लिम डिजाइनले गर्दा प्रयोगकर्ताले यसलाई यसलाई आरामसँग सजिलै समात्न सक्छन् । ग्यालेक्सी ए१६ फाईभजीले प्रिमियम फिनिस र विशिष्ट कि आइल्यान्ड फ्रेमको साथ ग्लास्टिक ब्याक प्यानलको सुविधा दिन्छ । जहाँ साइड–माउन्ट गरिएका बटनहरू सजिलो पहुँचको लागि हल्कारूपमा उठाइएको फ्रेममा राखिएका छन् । स्थायित्वका लागि निर्मित यस स्मार्टफोनले आईपी ५४ रेटिङ पनि राख्छ । जसले दैनिक सुरक्षाको लागि भरपर्दोरूपमा धुलो र पानी प्रतिरोध प्रदान गर्छ ।

शक्तिशाली ५० एमपी प्राथमिक क्यामेरा, पाँच एमपी अल्ट्रा–वाइड क्यामेरा र दुई एमपी म्याक्रो क्यामेराले सुसज्जित यो फोनले क्रिस्प र विस्तृत तस्बीरहरू खिच्छ । जबकि १३ एमपी फ्रन्ट क्यामेराले सेल्फी र भिडियो कलहरूको स्तरलाई बढाउँछ । फोनमा छ दशमलव सात इन्च फुल एचडी प्लस सुपर एमोलेड डिस्प्लेको साथमा ९० हर्ज रिफ्रेस रेट, एवं माइक्रोएसडीमार्फत एक टिबीसम्म विस्तार गर्न सकिने स्टोरेज रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

ताजा अपडेट

0
Would love your thoughts, please comment.x
()
x