Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनवाईईएफ कनेक्ट शुभारम्भ

एनवाईईएफ कनेक्ट शुभारम्भ


काठमाडौं । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ)ले हालै ‘एनवाईईएफ कनेक्ट’ नामको प्लेटफर्म शुभारम्भ गरेको छ । सदस्यतामा आधारित यो प्लेटफर्मको उद्देश्य फरकफरक ४० क्षेत्रका सदस्यलगायत मञ्चका सदस्यहरूको विभिन्न समूह, पूर्वसदस्य (एनवाईईएफ अल्मुनाई) र पूर्वअध्यक्षहरूलाई एकै ठाउँमा ल्याएर नेपालका युवा उद्यमीमाझ सहकार्य र अवसर प्रवर्द्धन गर्नु रहेको छ ।

एनवाईईएफ कनेक्टको लक्ष्य स्रोत, सञ्जाल र ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गरी उद्यमीहरूलाई सशक्तीकरण गर्नु र दिगो प्रगति प्रवर्द्धन गर्ने खालको सहयोगी उद्यमशील इकोसिस्टमलाई बढावा दिनु हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘एनवाईईएफ कनेक्ट’ शुभारम्भ गरेका थिए । सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल विशेष अतिथिको रूपमा सहभागी थिए । समारोहको अध्यक्षता गरेका एनवाईईएफ कनेक्टका सभापति÷पूर्वअध्यक्ष रितेश लामिछानेले युवा उद्यमीहरूको जोशिलो र परस्पर सम्बद्ध समुदायको महत्वमा जोड दिए । एनवाईईएफ कनेक्टका सदस्य, नेसनल गभर्निङ काउन्सिल (एनजीसी) सदस्य, मञ्चका च्याप्टर सभापतिलगायत एक सय १० जनाको सहभागिताले शुभारम्भ कार्यक्रमलाई भव्य बनाएको थियो ।

एनवाईईएफ कनेक्ट आपसी सम्बन्ध विस्तार, अनुभव एवं विचार आदानप्रदान र प्रगति गर्ने क्षमता अभिवृद्धि गर्दै युवा उद्यमीका लागि एक रूपान्तरणकारी प्लेटफर्मको रूपमा रहेको छ । यो प्लेटफर्म उद्यमीहरूलाई आपसी सम्बन्ध बढाउन, विचार एवं अनुभव आदानप्रदान गर्न, प्रतिभावानलाई अवसरसँग जोड्न र नेपालको अर्थतन्त्रमा दिगो विकास प्रवर्द्धन गर्न प्रतिबद्ध छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x