Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल इन्टरनेट फाउन्डेसनलाई इमर्जिङ डिजिटल सोलुसन्स एन्ड इकोसिस्टम अवार्ड

नेपाल इन्टरनेट फाउन्डेसनलाई इमर्जिङ डिजिटल सोलुसन्स एन्ड इकोसिस्टम अवार्ड


काठमाडौं । नेपाल इन्टरनेट फाउन्डेसनलाई इमर्जिङ डिजिटल सोलुसन्स एन्ड इकोसिस्टम अवार्ड २०२४ प्राप्त गरेको छ । एसियन–ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (असोसियो) को आयोजनामा जापानको टोकियोमा नोभेम्बर ६ देखि ८ सम्म भएको असोसियो डिजिटल शिखर सम्मेलन २०२४ मा फाउन्डेसनले उक्त अवार्ड पाएको हो ।

एभरेस्ट कम्युनिटी नेटवर्क (ईसीएन) परियोजना सञ्चालन गरेर डिजिटल सेवा प्रवाहमा महत्वपूर्ण योगदान गरेबापत फाउन्डेसनले इमर्जिङ डिजिटल सोलुसन्स एन्ड इकोसिस्टम अवार्ड पाएको छ । समुद्र सतहदेखि चार हजार मिटरको उचाइमा नेपाल इन्टरनेट फाउन्डेसनले इको टुरिजम प्रवर्द्धन, वातावरण संरक्षण र इन्टरनेट जडान दिन खुन्दे र खुम्जुङ गाउँमा एभरेस्ट कम्युनिटी नेटवर्क स्थापना गरेको छ ।
परियोजनाले यी बस्तीहरूमा इन्टरनेट जडान गर्दै स्थानीय शेर्पा समुदायलाई डिजिटल उपकरण र स्रोतहरू उपलब्ध गराएर दुर्गम हिमाली गाउँहरू खुन्दे र खुम्जुङमा डिजिटल विभाजनलाई कम गर्न विशेष भूमिका खेलेको छ ।

गत अगस्ट १६ मा नेपालको खुम्बु क्षेत्रको थामे गाउँमा आएको विनाशकारी बाढीको समयमा एभरेस्ट कम्युनिटी नेटवर्क सञ्चार प्रक्रियामा ठूलो भूमिका खेलेको थियो । त्यसले गर्दा भरपर्दो इन्टरनेट पहुँचले कसरी जीवन बचाउन सक्छ ? समुदायको सुरक्षा गर्न सक्छ र कठिन परिस्थितिमा पनि प्रभावकारी विपद् प्रतिक्रियालाई सहज बनाउन सक्छ ? भन्ने उदाहरण देखिएको छ । परियोजनाको प्रविधिको नवीन प्रयोग, शिक्षा, स्वास्थ्य सेवा, सूचना, पर्यटन प्रवर्द्धन र शेर्पा होमस्टे, इन्टरनेट बैंकिङ र सामुदायिक संलग्नतामा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत नेपाल इन्टरनेट फाउन्डेसनले इमर्जिङ डिजिटल सोलुसन्स एन्ड इकोसिस्टम अवार्ड प्राप्त गरेको हो ।

एसोसियो एसियाका २४ राष्ट्रहरूको सूचना प्रविधि संस्थाहरूको अन्तर्राष्ट्रिय महासंघ हो । असोसियोले प्रत्येक वर्ष शिखर सम्मेलन आयोजना गर्दै आफ्ना सदस्य मुलुकका उत्कृष्ट सेवा प्रदायकहरूलाई पुरस्कृत गर्दै आएको छ । यस वर्षको अवार्डका लागि दुई सयभन्दा बढी प्रतिस्पर्धी संस्थाहरू विभिन्न विधामा मनोनित भएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

ताजा अपडेट

0
Would love your thoughts, please comment.x
()
x