Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभृकुटीमण्डपमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी

भृकुटीमण्डपमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी


काठमाडौं । आजदेखी इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । नेपाल विद्युत् व्यवसायी महासंघले ‘फिन इलेक्ट्रो टेक २०२४’ नाम दिएर आज बिहीबारदेखि मंसिर २ गतेसम्म सो प्रदर्शनी आयोजना गर्न लागेको हो ।

प्रदर्शनीले विद्युत् तथा विद्युतीय सामग्रीहरूको व्यवसाय विकास एवम् यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवम् प्रवर्द्धन गर्ने अपेक्षा महासंघको छ । ‘प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम’ नाराका साथ ११औँ संस्करणको प्रर्दशनी हुन लागेको महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाले जानकारी दिए । राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवम् सूचना प्रविधि तथा विद्युतीय एवम् वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्द्धन गर्ने लक्ष्य यो प्रदर्शनीले राखेको छ । प्रदर्शनी अवधिभर उद्योगी, व्यवसायी एवम् उद्यमीहरू माझ अनुकूल व्यावसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्नाका साथै उपभोक्ता हकहितसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू गरिने पनि अध्यक्ष देवकोटाले जानकारी दिए ।

‘फिन इलेक्ट्रो टेक २०२४’ को हलभित्र ४४ वटा ब्लक, २८ वटा स्टल रहेको एक प्याभिलिएन रहेको छ र हलबाहिर डोममा २६ वटा स्टलहरू रहेका छन । प्रदर्शनीमा भारत सरकारको सहयोगमा इन्डियन चेम्बर अफ कमर्सले हल भित्रको २८ वटा स्टल रहेको प्याभिलिएनमा इन्डिया पावर सोका लागि इन्डियन उद्योगी एवम् व्यवसायीहरूले बुकिङ गरेका छन । प्रदर्शनीमा हलभित्र र हलबाहिर गरी जम्मा ९८ वटा प्याभिलियन तथा स्टलहरू रहेका छन् । नेपाली उत्पादनलगायत बहुर्राष्ट्रिय कम्पनीहरूको उत्पादनहरू, ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कन्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरू, एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शनी गरिनेछ ।

प्रदर्शनीमा अधिकांश सहभागी संस्थाहरूले उपभोक्ताहरूसँग प्रत्यक्ष अन्तत्र्रिmया गरी आफ्ना उत्पादनहरूबारे जानकारी दिनेछन् भने अवलोकनकर्ताहरूको सहजता तथा खरिद गर्न रुचाउने आगन्तुकहरूका लागि छुट्टै सेल्स एरियाको व्यवस्था पनि गरिएको छ । यस प्रदर्शनीको अवलोकनका लागि मंगलबारदेखि नै टिकट बुकिङ खुला गरिएको छ । प्रदर्शनीको टिकेटिङ पार्टनरमा खल्ती वालेट छ । खल्तीले सहुलियत दरमा अग्रिम प्रवेश टिकट बुकिङ गरिरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x