सिंगापुुरमा उद्योग संगठन मोरङलाई एसिया प्रशान्त क्षेत्रको अवार्ड
विराटनगर । उद्योग संगठन मोरङले एसिया प्रशान्त क्षेत्रको उत्कृष्ट अवार्ड जितेको छ । संगठनले एसिया क्षेत्रका औद्योगिक र व्यापारिक चेम्बरलाई पछि पार्दै क्यासी अवार्ड लोकल चेम्बर विग क्याटोगरीको उत्कृष्ट चेम्बर अवार्ड जितेको छ । अवार्डसहित दुुई हजार डलर प्राप्त गर्न सफल भएको उद्योग संगठन मोरङले एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
कन्फेडेरेसन अफ एसिया प्यासिफिक चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज र सिङ्गापुर म्यानुफ्याक्चरिङ एसोसिएसनको संयुक्त आयोजनामा यही कात्तिक २६ र २७ गते सिंगापुरमा भएको इकोनोमिक फोरम तथा ३८ औँ क्यासी कन्फेरेन्सको समापन समारोहमा संगठनका अध्यक्ष राकेश सुरानालाई उक्त अवार्ड प्रदान गरिएको थियो । क्यासीले चेम्बरहरूले स्थानीय आर्थिक विकासका लागि खेलेको भूमिका, नीति निर्माणका क्षेत्रमा गरेको बहस र पैरवी, स्थानीय औद्योगिक गतिविधिमा पु¥याएको योगदानका साथै समग्र आर्थिक एवं औद्योगिक विकासमा पुर्याएको योगदानका आधारमा सो अवार्ड प्रदान गरेको हो । अवार्डका लागि क्यासीको सदस्य रहेका २७ मुलुकका ८१ वटा व्यावसायिक संगठनहरूले प्रतिष्पर्धामा सहभागिता जनाएका थिए । औद्योगिक उत्थानका लागि गरेको कार्यक्रमका आधारमा उद्योग संगठन मोरङ उत्कृष्ट हुन सफल भएको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अब नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने
- यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको बढ्यो, कुनको घट्यो
- मेची भन्सारबाट नेपालको चिया चीन निकासी
- अमेरिका भ्रमणको व्यक्तिगत खर्च महिला आयोगबाट असुल्ने प्रयास असफल
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया